Kakhara सबैको खबर सम्पूर्ण खबर
ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले ज्याने मार्ने उद्योग मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ आलाका २६ वर्षीय मदन मल्ललाई ४ वर्ष पछि प्रहरीले पक्राउ गरेको हो । मल्लमाथि सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुराका २० वर्षीय प्रतिक थापालाई २०७६ सालमा धारिलो हतियार प्रहार गरी घाईते बनाएर फरार भएकाे भन्दै मुद्दा दर्ता भएकाे छ ।

फरार रहेका मल्ललाई सुक्ष्म रुपमा खोज तलास गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे खसीबजारबाट लुकिछिपि बसेको अवस्थामा फेला पारि पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभयो ।

रुकुम पुर्वबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग कसुर मुद्धामा फरार रहेका मल्ललाई मंगलबार साँझ नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।  

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update