रुकुम पूर्वमा सवारी दुर्घटनामा कमी आएको छ । वितेको अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा सवारी दुर्घटनामा कमी आएको हो ।
नियम मिचेर चल्ने सवारी साधनको संख्या घटेकाले वितेको आर्थिक वर्षमा सवारी साधन दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक सन्दिप विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार वितेको आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा १६ ओटा सवारी दुर्घटना भएका थिए । सोहि आर्थिक वर्ष सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको थियो भने २९ जना घाइते भएका थिए ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा १३ ओटा सवारी दुर्घटनामा कमी आएको छ । वितेको आर्थिक वर्ष जिल्लाको विभिन्न ठाउँमा भएका तीन ओटा सवारी दुर्घटनामा परी ७ जनाको ज्यान गएको छ । भने दुर्घटनामा परी १९ जना घाइते भएका छन् ।
लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनका चालकलाई स्वास्थ्य परिक्षण तथा सवारी साधनको यान्त्रिक चेकजाँचका साथै ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरिएकाले पनि सवारी दुर्घटनामा कमी आएको बताएको छ । नियमित ट्राफिक चेकिङ लगायका कारण सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक विकले जानकारी दिनुभयो ।
शुन्य सहनशीलता अपनाएर नियम मिच्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउने गरेका कारण सवारी दुर्घटनामा कमी आएको उहाँकाे दाबी छ ।