Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका अस्पताल रहेको वडा नम्बर ३ खारानेटामा प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरिएको हो । उक्त केन्द्रबाट सेवा सुरु भने भदौ १ गतेबाट हुने त्रिवेणी गाउँपालिका स्वास्थ्य सह–संयोजक बिरबहादुर डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब पालिकाबाटै आँखाको सम्पुर्ण खालको समस्याको चेकजाँच, सामान्य अप्रशेन, आँखा कमजोर भएकाहरुलाई चस्मा वितरण लगाएतका सेवा प्रदान हुनेछ । अब सामान्य आँखा उपचारको लागि जिल्ला सदरमुकाम सल्लेसम्म पुग्नेपर्ने बाध्यता अन्त्य हुँदै छ । 

आाँखा उपचार केन्द्रका लागि नेत्र सहायक नियुक्ति प्रक्रिया सुरु भएको छ । कर्मचारी र अन्य व्यवस्थापन गर्न समय लाग्ने भएकोले भदौ १ गतेबाट सेवा सुरु गर्ने गरी तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update