Kakhara सबैको खबर सम्पूर्ण खबर
चुनवाङले जित्यो दोस्रो राष्ट्रपति रनिङ शिल्ड पनि
मार्चपासका क्रममा मावि चुनवाङका विद्यार्थीहरु ।

रुकुम पूर्वको भूमे गाउँपालिकामा सम्पन्न गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड नेपाल राष्ट्रिय मावि चुनवाङले जितेको छ । भूमे गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको रनिङ शिल्ड प्रतियोगितामा २९ वटा गोल्ड मेडल सहित चुनवाङ पहिलो भएको हो । गाउँपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड पनि यही विद्यालयले हात पारेको थियो ।

जनजागृती मावि महत दोस्रो भएको छ । मावि महतले १२ वटा गोल्ड मेडल र ३ वटा रजत पदक हात पारेको छ भने तेस्रो भएको सहिद शुक्र मावि सिमाले १२ वटा गोल्ड मेडल र १ रजत पदक हात पार्न सफल भएको रनिङ शिल्डका खेल संयोजक चन्द्र रसाइलीले जानकारी दिनुभयो । उहाँका अनुसार रनिङ शिल्डमा उत्कृष्ट खेल प्रदर्शन गर्ने ४ जना खेलाडीहरु पनि छनोट भएका छन ।

जसमा भलिवल छात्र तर्फ जनजागृती मावि महतका निशान परियार, भलिबल छात्रा तर्फ सिद्धचौर मावि  लुकुमकी अस्मिता पुन, कबड्डी छात्रा तर्फ नेरा मावि चुनवाङकी ममता नेपाली, छात्र तर्फ सिद्धचौर मावि लुकुमका रामकुमार घर्ती उत्कृष्ट खेलाडी छनोट भएका छन ।

चैत ७ गतेबाट वडा नम्बर ९ चुनवाङको गैरीगाउँमा सुरु भएको गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार बेलुका सम्पन्न भएको हो । प्रतियोगितामा गाउँपालिका अन्तरर्गतका ८ वटा माद्यामिक विद्यालयले सहभागिता जनाएका थिए । 
 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update