Kakhara सबैको खबर सम्पूर्ण खबर
गैर आवासीय नेपाली संघ सेसेल्सको अध्यक्षमा पुनः रूकुम पश्चिमका मनोज बिक 

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सेसेल्स पूर्वी अफ्रिकाको चौंथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अध्यक्षमा पुनः रुकुम पश्चिमका मनोज बिक निर्वाचित हुनुभएको छ । संस्थापक उपाध्यक्ष समेत रहनुभएका बिक दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । 

उहाँ ११ वर्ष देखि सेसेल्समा पर्यटन क्षेत्रमा कार्यरत हुनुहुन्छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ का बिक १५ वर्ष अघि रोजगारीको सिलसिलामा कतार जानुभएको थियो ।  त्यहाँ केही वर्ष काम गरेर उहाँ सेसेल्स जानुभएको थियो । उहाँ २०२१ देखि २०२३ सम्मको पहिलो कार्यकालका लागि गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सेसेल्सको अध्यक्ष बन्नुभएको थियो । 

अब भने उहाँले २०२६ सम्म अध्यक्ष भएर काम गर्न पाउनुहुने छ । दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका बिकले खुसी व्यक्त गर्नुभएको छ । दोस्रो कार्यकाललाई उपलब्धिमुलक बनाउने गरी काम गर्ने उहाँको भनाई छ । 

महाधिवेशनबाट उपाध्यक्षमा छबी श्रेष्ठ, बलराम सिटौला र महिला उपाध्यक्षमा सबिता श्रेष्ठ, महासचिवमा पंकज श्रेष्ठ, सचिवमा ठगेन्द्र घर्ति मगर र एकराज सुबेदी, कोषाध्यक्षमा रुकबहादुर थापा र सह–कोषाध्यक्षमा खडकराज पुन मगर निर्वाचित हुनुभएको छ । युवा संयोजकमा राजेश फश्र्वान, महिला संयोजकमा मीना शिर्पाली र प्रवक्तामा मिरगेन्द्रजंग इंगनाम निर्वाचित भएको बताइएको छ । 

आइल्याण्ड संयोजक अन्तर्गत माहेमा प्रकाश गौतम, प्रास्लिनमा लोककुमार श्रेष्ठ, लादिगमा सोनी राई र सानु सिम्खडा चयन हुनुभएको छ । लेखा समितिहरुमा शिब रायमाझी, राजकुमार गिरी, थानेश्वर तिमल्सेना, उषा गुरागाईं र बिवश समाल मगर तथा अनुशासन समिति सदस्यहरुमा दुर्गाप्रसाद  पहाडी (रोशन), रामकृष्ण नेपाली र ओम शंकर लोहनी चयन हुनुभएको छ ।   

साथै सल्लाहकार प्रमुखमा दुर्गाबहादुर थापा, विशेष सल्लाहकारमा कोमलराज पाण्डे तथा गणेश खड्का, मनराज गुरुङ, अशोक अधिकारी, प्रेमबहादुर चन्द, दिपक चन्द ठकुरी र सुर्यबहादुर नेगी चयन भएको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सेसेल्सले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update