प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स रुकुम पश्चिमले अभिकर्तालाई सम्मान गरेकाे छ । आज मुसिकोट खलंगामा भएको अभिकर्ता, सम्मान तथा प्रशिक्षण कार्यक्रम मार्फत विभिन्न विधामा उत्कृष्ट हुने अभिकर्तालाई सम्मान गरिएकाे हाे । ६४ जनालाई प्रमाणपत्र सहित दोसल्लाले सम्मान गरिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखा कार्यालय मुसिकोटका प्रमुख ब्युझना पुन देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार वीमा शुल्क संकलनको आधारमा प्रथम लक्ष्मी केसी, दोस्रो शितलाकुमारी सुनार, तेस्रो विना गौतम, चौंथो रमेश केसी र पाँचौ यमुना खड्का बिष्टलाई सम्मान गरिएको हो । त्यस्तै धैरै बीमा गरेको आधारमा पहिलो लक्ष्मी केसी, दोस्रो मुना केसी र तेस्रो जीवन केसीलाई पनि प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ । त्यस्तै रत्न विभुषण, दिपदशक लगायत अन्य पदकमा गरेर ६४ जनालाई सम्मान गरेको कार्यालयले जनाएको छ ।
त्यस्तै कार्यक्रममा वीमा कसरी गर्ने, वीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु, वीमाका फाईदा, वीमाको महत्व लगायतका विषयमा प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स राप्ती क्षेत्र प्रमुख कृष्णप्रसाद पोखरेलले अभिकर्तालाई प्रशिक्षण दिनुभएको थियो । प्रभु र महालक्ष्मी लाईफ इन्स्योरेन्स मर्ज भएपछि यो मुसिकोट कार्यालयको पहिलो कार्यक्रम भएको कार्यालय प्रमुख देवकोटाले जानकारी बताउनुभयाे ।
कार्यक्रममा जिल्ला भित्र र बाहिरका गरेर करिव ८० जना अभिकर्ता लगायत अन्य अतिथिको उपस्थिति रहेको थियो ।