Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा चरेश मुद्दामा अढाई वर्ष कैद ताेकिएका फरार प्रतिवादी पक्राउ

रुकुम पूर्वमा लागु औषध चरेश मुद्दामा दोषि ठहरिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । रुकुमकोट जिल्ला अदालतबाट २ वर्ष ६ महिना कैद र २० हजार जरिवना तोकिएका भूमे गाउँपालिका १ का ७० वर्षिय पिपल भनिने पिलम पुनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

फैसला कार्यान्वयन अन्तर्गत खोजतलास गर्दा पुनलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको र उनलाई कारागार समेत चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभयो । जिल्लामा फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादीहरुलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update