Kakhara सबैको खबर सम्पूर्ण खबर
लोडर दुर्घटना हुँदा एकको मृत्यु
दुर्घटनामा परेको लोडर ।

कालो पत्रेको काम गरिरहेको लोडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका–९, सुलिहाले स्थित मध्यपहाडी लोकमार्ग कालो पत्रे गर्ने काम गरिरहेको बा २ क ९८८३ नम्बरको लोडर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा कैलालीको गोदावारी नगरपालिका–४, का २२ वर्षीय सन्तोष बुढा रहेको प्रहरीले जनाएको छ ।

विहानको खाना खाएर लोडर स्टार्ट गर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले सह चालक बुढाको घटना स्थलमै मृत्यु भएको जानकारी दिनुभयो । लोडर सडकबाट अन्दाजी ५० मिटर तल सानीभेरी नदीको बगरमा खसेको छ । मध्यपहाडी लोकमार्गको यो खण्डको कालोपत्रे गर्ने काम दिवा, चन्द्र एण्ड वसन्त जेभीले गरिरहेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update