रूकुम पश्चिमकाे आठबीसकाेट नगरपालिका वडा नम्बर १४ काे जनविकास मावि ज्यामिरकाेटका दुई बालबालिकालाई शैक्षिक सामग्री सहयाेग गरिएकाे छ । आमा गुमाएकी कक्षा ६ कि अञ्जली चन्द र गरिबिले शैक्षिक सामग्री किन्न नसक्ने कक्षा ३ का बालक सन्तोष बिकलाई पढाईमा सहयोगका लागि शैक्षिक सामग्री प्रदान गरिएकाे हाे ।
हाल दाङकाे तुलसिपुरमा हाेटल व्यवसाय गर्दै आउनुभएका व्यवसायी नन्दबहादुर डाँगीले दुई बालबालिकालाई शैक्षिक सामग्री सहयाेग गर्नुभएकाे हाे । वर्षभरिलाई पुग्ने पाेसाक, कापि, कलम, झाेला, ज्यामिति बक्स लगायतका सामग्री शुक्रबार एक कार्यक्रमका बिच वितरण गरिएकाे विद्यालयका प्रध्यानाध्यापक दिपकसंगम थापाले जानकारी दिनुभयाे । सहयाेग गर्ने डाँगीलाई विद्यालयले धन्यवाद ज्ञापन गरेकाे छ ।
शैक्षिक सामग्री वितरण कार्यकममा हरिप्रसाद शर्माकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।