रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ मा अविरल वर्षाका कारण पहिरो खस्दा क्षति पुर्याएको छ । वडाको गाउँटोल, दलित टोल, उपल्लोडेरा, पल्लोडेरा लगायतका टोलमा पहिरोेले क्षति पुर्याएको हो । निरन्तर वर्षाका कारण झरेको पहिरोले गाउँटोलका स्थानीय डिलबहादुर ओलीको गोठ पूर्ण रुपमा क्षति गरेको छ । पहिरोले एउटा दुहुनो गाई र कुुखुरा मरेका छन् । गोठमा राखिएको अन्नपात र लत्ताकपडा समेत पहिरोले पुुरेको वडा अध्यक्ष रणबहादुर पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार डिलबहादुरको गोठसंगैका घरहरु पनि पहिरोको जोखिममा रहेका छन् । पहिरोले घरमा क्षति पुर्याउदा सोही टोलका बालाराम विकको ४ जनाको परिवार र झुपलाल विटालुको ३ जनाको परिवार विस्थापित भएको छ । उक्त परिवार अहिले आफन्तको घरमा बसिरहेको छ । पल्लोडेरा र दलितटोलका ११ घरमा पहिरोले आंशिक क्षति पुर्याएको छ । भने ११ वटै घरहरु पहिरोको उच्च जोखिममा परेका छन् ।
पहिरोले खेतबारीमा, ग्रामिण सडक अवरुद्ध हुनुका साथै खानेपानीका पाईप लाइनमा समेत क्षति पुुगेको वडा अध्यक्ष पुनले बताउनुभयो । वडाका केही वस्तिहरु पहिरोको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन वडाले सबै वडावासीमा अनुराध गरेको छ ।