रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का दुई वटा सामुदायिक वन उपभोक्ता समितिले शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेका छन् । वडामा एक कार्यक्रमको आयोजना गरी भाँक्रीपानी र एरेनी सामुदायीक वन उपभोक्ता समितिले ७ जना बालबालिकालाई शैक्षिक सामग्री र १ जनालाई न्यानो कपडा वितरण गरेका हुन् ।
झाँक्रीपानी र एरेनी सामुदायिक वन उपभोक्ता समितिको आर्थिक सहयोग तथा मुसिकोट सव डिभिजन वन कार्यालयको समन्वयमा सामग्री वितरण गरिएको हो । विद्याविकास माध्यमिक विद्यालय जिवाङमा अध्यनरत कक्षा १ देखी ८ सम्मका गरिव तथा जेहेन्दार ७ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसंगै विद्यालय पोशाक वितरण गरिएको सव डिभिजन वन कार्यालय मुसिकोटका वन रक्षक रणबहादुर डाँगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्याविकास माविमा अध्यनरत महेन्द्र ओली, सविना कठायत, सम्झना घर्ती, कमल सुनार, सपना चन्द, निर्मला घर्ती र शान्ति कठायतलाई शैक्षिक समग्रीसंगै विद्यालय पोशाक वितरण गरिएको हो । त्यस्तै शारिरीक रुपमा अशक्त कुलबहादुर पुनलाई न्यानो कपडा वितरण गरिएको छ ।
वन उपभोक्ता समितिले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैशिक सामग्री र पोशाक वितरण गरेको जनाएका छन् । मुसिकोट सव डिभिजन वन कार्यालयका निमित्त सहायक वन अधिकृत गीता खड्का ओलीको प्रमुख आथित्यतामा भएको वितरण कार्यक्रममा दुवै सामुदायिक वन समितिका पदाधिकारीहरु, बालबालिका, अभिभावकहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो ।