रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा भएको घटनाका बारेमा जानकारी दिन जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आज पत्रकार सम्मेलन गर्ने भएको छ । अहिले केही बेरमा जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
घटनाका बारेमा जानकारी दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । घटनामा संलग्न भएको आशंकामा एक महिलालाई पक्राउ गरिएको बताइएको छ । तर प्रहरीले यस बारेमा अहिलेसम्म भने कुनै जानकारी दिएको छैन् ।
सल्लेकी स्थानीय ५२ वर्षिया हस्तकली बुढाथोकी शुक्रबार राती आफ्नै घरमा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा कोठा भित्र मृत फेला पर्नुभएको थियो । घरमा एक्लै बस्दै आएकी बुढाथोकी बाहिरबाट ताल्चा लगाइएको अवस्थामा मृत फेला परेको, कानबाट रगत बगेको तथा गरगहना लगायतका सामग्री चोरी भएको देखिएपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
घटनाको अनुसन्धानका लागि नेपालगञ्जबाट तालिमप्राप्त कुकुर सहितको अनुसन्धान टोली जिल्ला आएको थियो ।