मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदा एक जना घाइते
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरीगाउँमा मोटरसाइकल दुर्घटना हुँदा १ जना घाईते भएका छन् । सोमबार अपरान्ह् ४ बजे खलंगा देखि सोलावाङ जाने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ११ का सन्तोष लम्साल मोटरसाइकल दुर्घटना परि घाईते हुनुभएको हो । उहाँले चलाएको २२० सिसिको पल्सर मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
दुर्घटनामा परी घाईते भएका लम्सालको टाउको, अनुहार र जिब्रो काटिएको जिल्ला प्रहरी नायब निरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । उहाँको उपचार चलिरहेको बताइएको छ । मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १२:०९
प्रतिक्रिया दिनुहोस्