Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट १० मा स्ट्रेचर वितरण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० ले  वडाका विभिन्न टोलमा स्ट्रेचर वितरण गरेको छ । दुर्गम वस्तीका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन सहज होस भनेर वडाले गलम्पाटी, नमुना वस्ती, खड्का टोल र कामी बुढा टोलमा स्टे«चर वितरण गरेको हो । 

वडाका सबै टोलमा यातायातको नियमित सेवा नभएकाले वडाका दुर्गम वस्तीका विभिन्न टोलमा स्टे«चर वितरण गरिएको वडा अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ले जानकारी दिनुभयो । उहाँका अनुसार गलम्पाटी, नमुनावस्ती र खड्का टोलमा १/१ वटा तथा कामी बुढा टोलमा २ वटा स्टे«चर वितरण गरिएको छ । 

त्यस्तै वडामा रहेकोे आधारभूत स्वास्थ्य सेवा केन्द्रमा एउटा स्टे«चर दिइएको छ । वडामा मुसिकोट नगरपालिका स्वास्थ्य शाखाबाट २ वटा स्टे«चर अनुदानमा उपलब्ध भएका हुन् भने ४ वटा स्टे«चर वडाले आफै खरिद गरेर वितरण गरेको हो । वडाले वर्षातको समयमा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन सहज होस भनेर ६ वटा स्टे«चर वितरण गरेको हो ।
 
सरकारी सामग्री वितरण गर्ने तर सामग्रीको सही प्रयोग नहुने अवस्था रहेकोले प्राप्त स्ट्रेचरको सदुपयोग गर्न वडाले टोल विकास संस्था तथा स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update