रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० ले घुम्ती सेवा शिविर मार्फत टोल टोलमा सेवा दिइरहेको छ । वडाले सोमबारबाट एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको हो । वडा कार्यालय र विषयगत शाखाबाट प्रवाह हुने सेवा टोल टोलमै पुगेर प्रवाह गरिरहेको छ । सोमबार वडाको गलमपाटी टोलबाट घुम्ती सेवा शिविर सुरु भएको हो ।
शिविर मार्फत आधारभुत स्वास्थ्य सेवा, वडा कार्यालयबाट प्रवाह हुने सेवा र पशु शाखाबाट रेविज विरुद्धको खोप लगायतका सेवाहरु प्रवाह भइरहेको वडा अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन सोमबार गलमपाटी टोल, दोस्रो दिन मंगलबार कामी बुढा टोलमा सेवा प्रवाह भएको छ ।
तेस्रो दिन आज खेल मैदान नमुना वस्तीमा घुम्ती सेवा शिविर संचालन भइरहेकामा अन्तिम दिन भोली खड्का टोलमा शिविर मार्फत सेवा प्रवाह हुने वडाध्यक्ष खड्काले बताउनुभयो । मालपोत कर, सामाजिक सुरक्षा भत्ता नविकरण लगायत वडाबाट प्रवाह हुने सबै सेवा टोलमै प्रवाह भइरहेको छ ।
त्यस्तै वडावासीको आधारभूत स्वास्थ्य चेकचाँज, रेविज विरुद्धको खोप, पशु चौपायाको चेकजाँच तथा उपचार पनि भइरहेको बताइएको छ । शिविर भोली सकिने छ ।