रुकुम पश्चिममा एसइई ग्रेडवृद्धि परीक्षामा १ हजार २ सय २ जना परीक्षार्थी सहभागी हुँदै छन् । साउन २६ र २७ गते हुने ग्रेडवृद्धि परीक्षामा जिल्लाका १ हजार २ सय २ जना परीक्षार्थी परीक्षामा सहभागी हुन लागेका हुन ।
जिल्ला भरका ६८ वटा सामुदायीक विद्यालयका १ हजार २ सय २ जना परीक्षार्थीले एसइई ग्रेडवृद्धि परीक्षामा सहभागिताको लागि आवेदन दिएको शिक्षा विकास समन्वय इकाईका प्राविधिक सहायक डायमण्ड पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार ग्रेडवृद्धी परीक्षाका लागि जिल्लामा ४ वटा परीक्षा केन्द्र तोकिएको छ । जसअन्तर्गत यमुना नन्द नमुना मावि सेरिगाउँमा ११ वटा विद्यालयका ३ सय १५ जना विद्यार्थीले परीक्षा दिने छन् ।
त्यस्तै न्यू मुन लाइट सेकेन्डरी बोर्डिङ स्कुल सेरिगाउँबाट १७ वटा विद्यालयका ३ सय ४१ जना, त्रिभुवन जनता मावि खलंगाबाट २१ वटा विद्यालयका ३ सय जना विद्यार्थी र सरस्वती मावि सल्लेबाट १९ वटा विद्यालयका २ सय ४६ जना विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिने पुनले बताउनुभयो ।
कुन विद्यालयको केन्द्र कहाँ हेर्नुहोस्ः