रुकुम पश्चिमको सानीभेरी गाउँपलिकाले सामुदायीक वन दिवसको अवसरमा वृक्षारोपण गरेको छ । दिवसको अवसर पारेर गाउँपालिकाको कार्यालय परिसर र सिम्ली बजारको सडक छेउमा विभिन्न प्रजातिका विरुवा रोपिएको हो । सामुदायीक वन उपभोक्ता महासंघ रुकुम पश्चिमको आयोजना तथा सानीभेरी गाउँपालिकाको आर्थिक सहयोगमा वृक्षारोपण गरिएको सानीभेरी गाउँ कार्यापालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँ कार्यपालिकाको कार्यालय परिसर, सिम्ली बजार देखि सुलीहाले सडक छेउ र पालिकाको ११ वटै वडा कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो । गाउँपालिका कार्यालय परिसरमा विभिन्न प्रजातीका ५० वटा विरुवा रोपिको छ । भने बजार क्षेत्रको वातावरण हरियाली बनाउने उदे्श्यले सिम्ली बजार देखि सुलीहालेसम्म ३ सय ५० वटा विभन्न प्रजातिका विरुवा रोपिएको छ ।
अशोका, अमला, कोइराल, मसला, कलकी लगायत विभिन्न प्रजातिका विरुवा रोपिएको उहाँले बताउनुभयो । रोपिएका विरुवा पशुचौपायाबाट जोगाउन तथा सुरक्षित राख्नका लागि तार जालीले घेराबार समेत गरिएको छ । वृक्षारोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपालसिंह विष्ट, गाउँपालिकामा कार्यरत कर्मचारी, वडा अध्यक्ष, नेपाल प्रहरी, गाउँ प्रहरी, बजार व्यवस्थापन समिति लगायतको सहभागिता रहेको थियो ।