Kakhara सबैको खबर सम्पूर्ण खबर
एमालेका ६ नेतालाई स्पस्टिकरण
जिल्ला कमिटिको बैठकमा सहभागिहरु ।

नेकपा एमाले ओली पक्षिय जिल्ला कमिटि रुकुम पश्चिमले ६ जना नेतालाई स्पस्टिकरण सोधेको छ । पार्टीको विधान विपरीत काम गरेको भन्दै विभिन्न पालिकाका ६ नेता कार्यकर्तालाई स्पस्टिकरण सोधिएको हो । विहीबार जिल्ला पार्टी कार्यालय बागबजारमा बसेको जिल्ला कमिटि बैठकले ६ जना नेता कार्यकर्तालाई स्पस्टिकरण सोध्ने निर्णय गरेको जिल्ला कमिटि सदस्य नवराज केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार चौरजहारी नगरपालिकाका विरबहादुर राना, प्रेम शाह, खुम भण्डारी, नारायण खनाल, बाँफिकोट गाउँपालिकाका बेगमप्रसाद देवकोटा र त्रिवेणि गाउँपालिकाका गणेश खड्कालाई स्पस्टिकरण सोध्ने निर्णय एमालेको जिल्ला कमिटिले गरेको हो । बैठकले पार्टीको भातृ संगठनका जिल्ला कमिटि, पालिका कमिटि तथा वडा कमिटिका बैठक बस्ने र आवश्यक कार्यक्रम तय गरेर अघि बढ्ने निर्णय पनि गरेको जिल्ला कमिटि सदस्य केसीले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update