Kakhara सबैको खबर सम्पूर्ण खबर
ठुली भेरी नदीको बहाब बढ्यो, सतर्कता अपनाउन अनुरोध 
उर्लिएकाे ठुली भेरी नदी । फाेटाे: नगर प्रमुख रबि केसीकाे फेसबुकबाट ।

ठुली भेरी नदीको बहाब बढेको छ । हिजो, अस्तिको भन्दा आज नदीको बहाब बढेपछि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सतर्कता अपनाउन नगरवासीलाई अनुरोध गरेको छ । आज बिहान राडी क्षेत्रमा नदीको अवलोकन गर्दै नगर प्रमुख रबि केसीले ठुली भेरी नदी आसपासका नगरवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको हो । नदी तट क्षेत्रमा बढी जोखिम रहेकोले सतर्क रहन उहाँले नगरवासीलाई आग्रह गर्नुभयो ।

भेरीमा पानीको बहाब बढेको छ, त्यसकारण किनाराको जमिन कटिङ सुरु गरेको छ, छेपारे देखि करबगारसम्मका नागरिकहरुलाई सचेत रहन अनुरोध गर्दछु, नगर प्रमुख केसीले फेसबुक मार्फत आग्रह गर्नुभएको छ । साथै उहाँले नदी तथा खोला र पहिरोग्रस्त क्षेत्रमा हेर्न र काठ निकाल्ने वाहानामा नजान समेत अनुरोध गर्नुभएको छ । केही वर्षदेखि ठुली भेरी नदीले तटिय क्षेत्र आसपासमा क्षति पुर्याइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update