Kakhara सबैको खबर सम्पूर्ण खबर
कार्यकर्तालाई सांसद केसीको निर्देशनः भ्रष्टाचारमाथि निगरानी गर्नु, बजेटको सदुपयोगमा ध्यान दिनु

नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश सांसद धनबहादुर केसीले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विकास निर्माणका लागि आएको बजेटको सदुपयोगमा ध्यान दिन निर्देशन दिनुभएको छ । पार्टीको आन्तरिक विशेष अभियान अन्तर्गत रुकुमकोटमा भएको कार्यक्रममा बोल्दै सांसद केसीले जिल्लामा विकास निर्माणका लागि आएको बजेट सही ठाउँमा प्रयोग गर्न निर्देशन दिनुभएको हो ।  

त्यस्तै उहाँले भ्रष्टाचार, अनियमितता र कमिसनको अन्त्य गर्दै विकास निर्माणका काममा राजनीति नगर्न समेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । जिल्लामा विकास निर्माणमा राजनीति नगरी सबै एक ठाउँमा रहेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । जिल्लामा धेरै समस्या रहेको तर्फ लक्षित गर्दै उहाँले सबै काम एकैचोटी गर्न सम्भव नभएको र क्रमिक रुपमा हुने बताउनुभयो । 

साथै उहाँले लुम्बिनी प्रदेश सरकारबाट जिल्लामा गत वर्षको भन्दा धेरै बढी बजेट आएको र अब यसको सही कार्यान्वयन तर्फ सबैले ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ । सडक, कृषि, खानेपानी, पर्यटन र शिक्षाको क्षेत्रमा प्राथमिकता साथ बजेट आएको सांसद केसीले जानकारी गराउनुभयो । 

उहाँले सरकारले गरेका सकारात्मक कामको बारेमा जनतालाई जानकारी गराउन पनि उहाँले नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update