Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट र सानीभेरीका आधा दर्जन बढी वनमा डढेलो 
फाइल फाेटाे ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिकाका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागि भइरहेको छ । बाँफिकोटको वडा नं. १० र सानीभेरीको वडा नं. ३ का वनमा बिहिबार दिउँशो देखि आगो लागि रहेको छ । आगोले बाँफिकोट १० का सामुदायिक वनमा बढी क्षेति गरिरहेको छ । वडाका आधा दर्जन बढी जंगलहरुमा आगो लागिरहेको वडा सदस्य तिलक खड्काले जानकारी दिनुभयो । सुविखाली सामुदायिक वन, चमेरेपातल सामुदायिक वन, चक्कुलाउने कवुलियती वन, तेस्रापाखा सामुदायिक वन, देउरालीचुरा राष्ट्रिय वन र वयाल्ने राष्ट्रिय वनमा डढेलो फैलिएको उहाँको भनाई छ । 

त्यस्तै सानीभेरी गाउँपालिका ३ को ज्यामिरेमा रहेको वनमा पनि आगलागि भइरहेको उहाँले बताउनुभयो । स्थानीयले डढेलो छेकेर गाउँ बचाउने प्रयास गरिरहेका छन् । तर वनमा फैलिएको आगो नियन्त्रण गर्न सकिने अवस्था नरहेको र तत्कालै आगो नियन्त्रणमा आउँने अवस्था नरहेको स्थानीयको भनाई छ । आगोले ठुलो क्षेत्रफलमा फैलिएको जंगल सखाप पारीसकेको र बाँकी जंगलमा पनि आगो फैलिने क्रम जारी रहेको बताईएको छ । स्थानीयले जंगलमा फैलिएको आगो नियन्त्रणका लागि सहयोग गर्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् । आगोलागि बाट जंगल सहित वन्यजन्तु र जडिबुटी जलेर नष्ट भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update