रुकुम पश्चिमका अधिकारकर्मीहरुले रुकुम पूर्वमा एक युवतीमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेका छन् । जिल्लास्थित अधिकारकर्मीहरुले घटनाले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताउँदै घटनाका दोषिलाई कडा कारबाहीको माग गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै अधिकारकर्मीहरुले संयुक्त रुपमा दोषिलाई कारबाहीको माग गरेका हुन् ।
रुकुम पूर्वमा श्रावण ४ गते साउने संक्रान्तिलाई ‘तिवार राखे’ पर्वका रुपमा मनाउने प्रचलन रहेको र सोही पर्वको अवसरमा भुमे गाउपालिका–१, लुकुममा हरेक वर्ष साउन महिनाको पहिलो साताको मंगलवार अथवा शनिवार पारेर गाँउका ‘झाँक्रिहरुबाट पर्व मनाउने चलन रहेकामा उक्त पर्वमा गएकी २० वर्षिया युवतीलाई ४ जना पुरुषहरुको समुहले विहेको लागि जवरजस्ती लैजान खोजेको र जान नमान्दा उनीमाथि हातपात तथा अभद्र व्यवहार गरेको घटनाप्रति खेद प्रकट गर्दै दोषिलाई कारबाहीको माग गरिएको हो ।
उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । विहे गर्ने वा नगर्ने भन्ने व्यक्तिको व्यक्तिगत अधिकार हो । मन पराएको वा आफुले रोजेको योग्य व्यक्तिसंग विवाह गर्न पाउने अधिकार नेपालको कानूनले महिला र पुरुष दुवैलाई समान रुपमा प्रदान गरेको छ साथै बाल विवाह, हाडनातामा र मन्जुरी बिनाको विवाहलाई कानूनी रुपमा दण्डनीय अपराध मानेको अवस्थामा यस्ता घटना हुनु दुःखद हो विज्ञप्तीमा भनिएको छ ।
घटनामा संलग्न ४ जनालाई रुकुम पूर्व प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । कानूनतः र व्यवहारिक रुपमा विवाहका लागि केटा र केटी दुवैजना राजि हुन र २० बर्ष पुग्न जरुरी हुन्छ । नेपालमा विहेको नाममा यस्ता अमानविय व्यवहार हुनु आफैमा दुःखद कुरा हो । यस घटनाले महिलाहरुको स्वतन्त्र रुपमा हिडडुल गर्न पाउने अधिकार समेत खोसेको विज्ञप्तीमा उल्लेख छ ।
यस्ता घटनाहरु पुनः हुन नदिन, पीडितलाई क्षतिपुर्ती सहित न्याय दिन र यस घटनामा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही गर्न विज्ञप्ती मार्फत माग गरिएको छ ।
बाल विवाह बिरुद्धको साझा अभियान, नेपाल रेडक्रस सोसाइटी, नेपाल बार एशोसियसन, हरप्लेस नेपाल, नेपाल पत्रकार महासंघ, महिला पुनस्र्थापना केन्द्र (ओरेक), अनौपचारीक सेवा केन्द्र इन्सेक, जिल्ला बाल सन्जाल, जिल्ला कानुनी सहायता समिति, सहकर्मी समाज र महिला मानव अधिकार रक्षक सन्जाल रुकुम पश्चिमले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका छन् ।