छ सात महिना अगाडी रहरै रहरमा मैले एउटा गित गजल निकाले । गितको अडियो भिडियोले एक डेढ महिना राम्रो माहोल लियो । 'खतरा धेरै भो' भन्दै टिकटकहरुमा लाखको संख्यांमा टिकटकहरु पनि बने । गाँऊतिर पनि एफ एम रेडियोहरुमा गित बजेछ । एक बिहान मलाई माईलाको फोन आयो । भाऊजु सँग नम्बर मागेर फोन गर्दैछु । आफ्नै गाँऊ ठाँऊको भाई भतिजोले कस्तो राम्रो गित निकालेछौ जेठा खुसि लाग्यो भन्दै माईलाले मलाई बधाई दिएर फोन राखे । मलाई उनको फोन आएर खुसि लागे भन्दा सायद उनलाई मेरो गित आएको थाह पाएर खुसि लाग्यो होला । माईलाले किप्याड मोबाईलमा राखेर दोहोर्याउदै गित सुनेर स्थानिय एफएम रेडियोमा समेत फोन गरेर मेरो उक्त गित आफ्नो आवाजमा गाऊन समेत भ्याएको जानकारी म सम्म आएको थियो ।
अलिक महिना पछि मैले फोनमा मम्मीसँग कुरा गर्दा मम्मीले भन्नुभयो । 'ति पारीका माईला पैसा कारेर गित रेकर्ड गर्न काठमाडौं गएका छन् । अझ भन्छन् रे नपुगे मृगौला बेचेर पनि गित रेकर्ड गराएरै छोड्छु ।' म निशब्द भए । फोन राखेपछी लाग्यो, वर्षौ अघि देखिको माईलाको गित रेकर्ड गर्ने रहर यसपाली कसरी र किन यसरी ह्वात्तै उम्लिएर आयो होला ? रहरले गित संगितमा लगानी गर्नु भनेको आफ्नो मुखको भाग ठगेर रहर पछाडी लाग्नु मात्र हो भन्ने थोरै भए पनि मलाई चेत आईसकेको छ । अब उनलाई पनि त्यो चेत आउने नै भयो । तर गुदी कुरो मैले त मेरो जागीर बाट आएको तलब भत्ताको मुख ठगेर गित निकाल्न सके । उनले कताको खर्ठच ठगेर गितमा लगानी गर्लान ? के सरकारले दिने गरेको मासिक भत्ताबाट आफ्नो र परिवारको मुख ठगेर पनि उनले गितमा लगानी गर्ने नै भए त ? मलाई यस्ता धेरै प्रश्नउत्तरहरुले धेरैबेर कसिरहे । एक मनले माईलालाई केही सहयोग गर्न आग्रह गर्यो । आफुलाई छामे, रित्तै जस्तो लाग्यो । भर्खर मात्र आफ्नो गितको अडियो भिडियो गर्दा लिएको सापट ऋण तिर्ने अवश्थामा पुग्न लागेको रहेछु । फेरी गितमा पैसा ? मष्तिस्कले केही समय गिततिर नसोचेर मौन बस्न भन्यो । अर्को मनले अहिले सामाजिक सञ्जालहरुबाट सहयोग जुटाईदिने समाजसेवी जस्तै बन्न सक्छस् कि ?, भन्यो । तुरुन्तै मष्तिस्कले भन्यो 'त जस्तो मामुली मान्छेले के को सामाजिक सञ्जालबाट कसैलाई सहयोग जुटाईदिन सक्छस्, के छ र तेरो ठुलो पृष्ठभुमी ?' म यसपछी दुबै मनबाट निरास भए । बश, माईलाको लागी काठमाडौंले शुखद छाप छोडोस् भनेर कामना गर्दै अरु दिनचर्यामा लागे ।
केही दिन पछि फेसबुकमा गित रेकर्ड भयो भन्दै माईलाले दिएको सानो अन्तर्वार्ताको क्लिप भेटे । अन्तर्वार्ताबाटै थाह पाए कि रिता देवकोटा नाम गरेकी जिल्लाकै महिला गायिकाले गितमा माईलालाई साथ दिनुभएको रहेछ । काठमाडौं सम्म पुर्याउनमा पनि उहाँकै हात रहेछ । स्थानिय मेला पर्वहरु देखी एफएफ रेडियोहरुमा उहाँ पनि राम्रो गाउने गायिका हुनुहुन्छ । निम्न वर्गिय परिवारबाटै हो सायद उहाँ पनि । तर आह, कत्रो मानवियता उहाँमा । एउटा दृष्टिबिहिनलाई सहारा दिदैँ रुकुम बाट काठमाडौं सम्म पुर्याउन सक्ने कति बिशाल हृदय उहाँको । हृदयले उहाँलाई धन्यवाद दिईरह्यो । अन्तर्वाताका कुराहरुले धेरै ठाँऊमा मन चस्स चस्स बिझायो । गितको बोल पनि माईलाकै जीवनमा आधारीत रहेछ भन्ने थाह भयो कि,
'यो सुन्दर संसारमा मलाई मात्रै देखिस्
के कुराको कमी देखी२ , लेख्दा लेख्दै हे दैव, आधी कर्म लेखिस् ।'
म अस्ति गाँऊ जाँदा चौफा बजार देखी अलि मास्तिर पुग्दा उकालोमा माईला हिडदै गरेको देखेपछी उकालोमै मोटरसाईकल रोकेर बोलाए । मलाई बाईकमा लैजानु पर्यो भनेपछी मैले अरु कुरा गर्नै सकिन उनिसंग । हुन त जानुपर्ने दुई ढाई किलोमिटर मात्र थियो तर सडक बाटो निशाना मात्रको थियो । वर्षाले चिरा चिरा पारेको सडक बाटो, जुन बाटोमा मोटरसाईकलको उस्तादले सम्म पछाडी कसैलाई राखेर मोटरसाईकल हाँक्न असम्भव थियो । सहयोगको नाममा आफु अप्ठ्यारोमा, अरुलाई अप्ठ्यारोमा पार्नु के राम्रो हो र । उसो त मोटरसाईकलमा कसैले सामान्य अवश्थामा लिफ्ट माँग्दा पनि मलाई दिमागमा यही कुरा खेल्छ, दुर्घटना न हो कतै केही भईहालेर आफुलाई केही नभएर पछाडीको लिफ्ट लिनेलाई अप्ठेरो भईदियो भने ? सायद त्यो भन्दा नराम्रो र असहज परिस्थिती अरु बिरलै हुन सक्लान । मलाई बाईकमा नलग्ने भनेर त्यो दिन माईलाले मसँग अमिलो मन गरे । म भने त्यो पछी एक दुई ठाम मोटरसाईकल ढलाऊदै घर पुगे । लगभग मोटरसाईकलमा म र हिडेर माईला सँगसँगै पुगिएको थियो मेरो घरसम्म । घर पुगेर बुवासंग कुरा गर्दा थाह भयो माईला त काठमाडौं बाट फर्किदै रहेछन् । त्यो पनि दोश्रो पटक गित रेकर्ड गरेर । पहिला रेकर्ड गराएको गित एक दुई दिनमै युट्युवमा आउने रे, र नयाँ अर्को बिस्तारै आउने रे । म दंग परे जेहोस्, ऋण गरेरै, आफ्नो पाएको भत्ता खर्च गरेरै गितको लागी यो आँट गर्ने माईलाको पछिल्लो हुटहुटी देखेर ।
गाँऊमा मैले थाह पाउने उमेर भएदेखी दुई चार वर्ष अघिसम्म उहाँहरुको यस्तो रस थियो कि, उहाँहरु नभए तिज अष्ठमी, दशै तिहारहरुमा नाँच जम्दैन थियो । उहाँहरु भन्नुपर्ने कारण माईला सँगै कान्छा पनि दृष्टिबिहीन हुनुहुन्छ । हातमा ठेला उठ्ने गरी मादल ठोक्ने, पारी पारी गाँऊसम्म बाँसुरीले माधुर्यता थप्ने, भाले बास्ने बिहान हुदाँ पनि स्वर बस्ने गरी गित गाऊने माईला कान्छाको जोश गाँऊमा अझ उस्तै छ । फरक होला आजभोली बश केही, ठुल्ठुलो स्वरमा साउन्ड सिस्टम बजाएर नाँच्नेहरुले गर्दा गाँऊमा । त्यति धेरै जरुरत नसम्झिएलान माईला कान्छालाई नाँच जोर्नेहरुले आजभोली तर स्थानिय मेला पर्वहरुमा दोहोरी गाएर अझै जित्न छोडेका छैनन् माईला कान्छाले । म गाँऊमा हुदाँ सानोमा दख्थे, माईला कान्छालाई कहिले दिदीले कहिले भान्जाहरुले डोर्याऊदै मेला पर्वहरुमा लगेको । देख्नेहरुले बाटोमा यो दृश्य देख्दा अच्चम पर्थे, झन अच्चम त तिनै मेला पर्वमा दुई भाईले दोहोरी गाएर जितेको देख्नेहरु पर्थे । उहाँहरुको दोहोरीको भाका, स्वर, टुक्काले अहिले पनि स्थानिय मेला पर्वहरुमा प्रथम, द्दितिय पुरुस्कारहरु जितिरहनछन् । गाँऊतिर एउटा हल्ला छ, ति दुई भाईले गाँउनु अघि नै पुरुस्कारले के गर्ने, के किन्ने, कसको सापट तिर्ने भन्ने सोच्न भ्याईसक्छन् अरे । किनकी उनले भिडेका दोहोरीहरुमा प्रथम नभए पनि एउटा स्थान उनको जरुर आउछ ।
बाँसको चोयाले बुनेर बुन्न सकिने सबै सामाग्रीहरु उहाँहरु दुबै भाई बुन्न माहिर छन् । घरमा आफ्नो बुवाले बाँसको सामाग्रीहरु बनाउने गरेको भए पनि, दृष्टिबिहीन दुई भाईले नदेखी नदेखी आफै बाँस काट्ने, बाँस फोड्ने, चोया निकाल्ने, बुन्ने काम गरेको देख्दा उहाँहरुलाई देख्नेहरु जो कसैले दृष्टिबिहीन भनेर झट्ट पत्याऊन गार्हो मान्छन् । यति मात्र होईन, माईला कान्छाले घर वरपरका ठामहरु आफै हिडडुल गर्न सक्छन्, दृष्टी हुनेहरुले गर्ने घरायसी कामहरु गर्न सक्छन् । पछिल्लो समय सजियामा माईला घट्ट समेत चलाऊछन्, उनि आफै घट्ट चलाऊछन, कुलो सोहोर्छन, पाथर कुट्छन् । कान्छा स्थानीय झाँक्री काम समेत गर्छन् । यो समयमा यहाँ धामी झाँक्रीका कुराहरु भन्ने पनि आउला तर, विश्वास भन्ने कुरा अच्चम्मको हुन्छ । जब सबैतिर विश्वास मर्छ, तब सबैतिर विश्वास पनि लाग्ने गर्छ होला । कान्छामा विश्वास गर्नेहरु पनि हुनुहुन्छ पल्लो पल्लो गाँऊसम्म । उमेर बढेसँगै परिवारको लयमा हिडेका उहाँहरुको संघर्ष अहिले पनि कम कत्ति भएको देखिदैन् । बच्चाबच्ची र श्रिमती सहितको परिवार चलाऊन सजिलो छैन । श्रिमती पनि अलि सुस्त क्षमताको भईदिदाँ बेला बेला ताल नमिलेको देखिन्छ घर गृहश्थीमा । माईला आफैले भन्छन्, श्रिमती अलि चलाख भईदिएको भए, म अझै के के गर्न सक्थे, कति धेरै गर्न सक्थे ।
(मैले उहाँहरु दुई भाईको नाम राम्रोसँग कहिले याद गरेन । अहिले पनि याद छैन । गाँऊमा सबैले माईला-कान्छा भनेर सम्बोधन गरिरहने हुदाँ मेरो दिमागमा सानैदेखी त्यही छाप रहेको छ । सम्बोधनले उहाँहरु अंकल पर्ने हुनुहुन्छ नाता लगाउदै जाँदा । म यो लेख पनि स-सम्मान माईला कान्छा सम्बोधनमै लेखिरहेछु । एकपटक धेरै पछी गाँऊमा नाँच हेर्न जाँदा माईला कान्छा अंकल आउनुभएको रहेछ भनेर मैले खुसि ब्यक्त गर्दा उहाँहरु मसँग मज्जाले झोक्किनुभएको थियो । हामी तिम्रो उमेरका हौँ, तिम्रो माईला कान्छा हौँ यस्तै यस्तै भनेर ? म गाँऊ आउदा मिलेसम्म उहाँहरुलाई भेट्न गईराख्ने, उहाँहरुको गित, मादल र बाँसुरी सुनिरहने गर्थे । उहाँहरु मेरा सिकारु गजल मुक्तकहरु सायरी सुनिराख्ने मेसो गर्नुहुन्थ्यो । तर त्यो दिन मैले मेरो नम्रता र आत्मियता कमजोर महसुस गरेको थिए । किनकी मैले होच्याएर माईला कान्छा भनेको पक्कै थिएन, स-सम्मान अंकल सहित भनेको थिए । आज फेरी स-सम्मान माईला कान्छा सम्बोधनमा यो लेख लेखिरहेको छु । रिसानी माफ चाहन्छु, यो लेख सुनाउनेले उहाँहरुलाई सफा माहोलमा सुनाईदिनुहोला ।)
एउटा नयाँ युट्युव च्यानल ( सिस्ने हिमाल लाईभ दोहोरी ) लगभग मनिटाईज नै नभएको हुनुपर्छ । माईलाको गित त्यसै च्यानलमा राखिएको रहेछ । त्यही च्यानलको एउटा सानो अन्तर्वार्तामा माईलाले भनेका रहेछन्, 'यो पहिलो गितको भिडियो लिरिकल मात्र गरेर राख्न सकियो, आर्थिक रुपमा साथ पाए दोश्रो गितको पुर्ण भिडियो छायांकन गर्न सकिन्छ कि भन्ने आशा गरेको छु ।' सामान्य रुपमा भन्दा अहिलेको अवश्थामा गित संगित रेकर्ड गराउन देखि राम्रो युट्युव च्यानलहरुमा राख्न, गित प्रमोट गर्न सबैतिर पैसा राम्रै लगानी गर्नुपर्छ । अझ गहिराईका विकृत कुराहरुसम्म त नपुगौँ । अवार्ड नोमिनेशनमा पर्न पनि पैसाको लगानी प्रस्ताव सम्म हुने कुरा, मैले एउटा मेरै गित निकाले पछि थाह पाएको थिए । गित संगितमा रहर गर्ने नयाँ अनुहारहरुबाट उसो त राम्रोसँगै रस निकालौँ भन्ने मानसिकता बोकेका बिकृत अनुहार पनि यसै क्षेत्रमा भएको यथार्थ सत्य हो । माईलाको सोझी श्रिमतीले यस्तो माहोलमा मेरो घरतिर आँऊदा 'गित बिक्यो भने पैसा राम्रै आऊला' भनेको सुनेपछी म निशब्द बनेको थिए । गाँऊमा नेटवर्क नभए पछि बल्लतल्ल पाँचौ दिनमा माईलाको गित भेटे । गित अझ सुरुमा एउटा फेसबुक पेजमा पुरै भेटियो । यो झन दु:ख लाग्ने कुरा थियो । प्रचारको नाममा युट्युवमा हेर्दा आर्थिक हिसाब हुने कसैको सम्पतिको, गलत ठाँऊमा पुर्णतया प्रयोग । कमेन्ट बक्समा यसो नगर्न भनेर लेखे, 'यसरी फेसबुकमा पुरै गित सियर नगरिदिऔँ । गित सकेसम्म युट्युवमै गएर हेरौँ, कसैको सम्पत्तिको यसरी दुरुपयोग नगरिदिऔँ ।' यही भन्दै म हतार हतार युट्युवमा गित खोज्न गए । गित भेटियो । माईलाको आफ्नै जीवनअनुभुतीका मिठा शब्द संयोजन गरी मिठो लयमा गित तयार हुदाँ पनि गितको भ्युज भने छैटौँ दिनमा पनि एक हजार सेरोफेरोमा मात्र थियो । मैले माईलाको सोझी श्रिमती माईलीले देखेको गितबाट हुने कमाईको सपना सम्झिए, जुन यथार्थ भन्दा धेरै फरक थियो । माईलाको आँट र रहरको भने उच्च सम्मान गर्न चाहन्छु । उनिले भने जस्तो अरु केही नभए पनि उनको गित उनको छोरा नातीले भविष्यमा सुन्न भने सक्नेछन् ।
(कमजोर पारिवारिक अवश्था, तर गित संगितको लागी रित्तो भएर पनि आँट गर्न हिडेका माईलाको हिम्मत र आँटलाई सल्लाह सुझाव दिन चाहनुहुन्छ या, उहाँलाई साथ सहयोग दिन चाहनुहुन्छ भने माईलाको सम्पर्क नम्बर ९७४९४६७९५१ मा प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ ।)