Kakhara सबैको खबर सम्पूर्ण खबर
गोठबाट घर फर्किदा कुटिएका रुकुम पूर्वका युवाको मृत्यु, ५ जना पक्राउ 

रुकुम पूर्वको भूमे गाउँपालिका ५ सेरावाङका अन्जान बुढा मगरको मृत्यु भएपछि ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १ गते राती साढे ८ बजेतिर मछेनामा रहेको गोठबाट घर फर्किरहेका २५ वर्षिय बुढालाई सेरावाङकै चन्द्रबहादुर बुढाको समुहले कुटपिट गरी घाइते बनाएको थियो । घाइतेलाई रुकुमकोट जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि साउन ३ गते मेडिकल कजेल कोहलपुर रेफर गरिएको थियो ।

उनको सोही दिन राती उपचारको क्रममा निधन भएपछि कुटपिटमा संलग्न ५ जनालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । पक्राउ पर्नेमा भूमे गाउँपालिका ५ सेरावाङका ३१ वर्षिय चन्द्र बुढा, सोही ठाउँका २८ वर्षिय भाग्य बुढा, २५ वर्षिय ताराबहादुर बुढा, २५ वर्षकै रस्तबहादुर बुढा र हस्तबहादुर बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभयो । उनीहरुलाई ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि रुकुमकोट जिल्ला अदालतबाट ५ दिनको म्याद थपेको पाण्डेले बताउनुभयो ।   
368868846_846902133620935_762955155973726121_n1692676810.jpg

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update