Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकाेट ४ मा आँखा र कानको निःशुल्क जाँच र उपचार 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ मा निःशुल्क आँखा, कान जाँच कार्यक्रम संचालन भएको छ । मुसिकोट ४ को आर्थिक सहयोग, आँखा स्वास्थ्य सेवा तथा चस्मा घर र नेपाल नेत्र ज्योती संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको प्राविधिक सहयोगमा आधारभूत स्वास्थ्य सेवा केन्द्र कोटचौताराले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमबाट १ सय ३० जनाको आँखा तथा कानको निःशुल्क चेकजाँच साथै औषधि र चस्मा वितरण गरिएको छ । जसक्रममा ४ जनामा मोतिविन्दु, २ जनामा जलविन्दु, १ जनामा दृष्टीदोष, ४१ जनामा आँखा पाक्ने र १० जनामा कान सम्बन्धी समस्या देखिएको दृष्टि विशेषज्ञ मन्दिप गौतमले जानकारी दिनुभयो । शिविरमा मुसिकोट खलंगाको आँखा स्वास्थ्य सेवा तथा चस्मा घरमा कार्यरत दृष्टि विशेषज्ञ गौतम र सामुदायिक संयोजक चम्पा खड्काले सेवा दिनुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update