त्रिवेणि गाउँपालिकाको एक वडा दसैमा पनि शिल हुने भएको छ । कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै गाउँपालिकाले ५ गतेदेखि १२ गते सम्मका लागि ७ नम्बर वडा शिल गरेको हो । ५ गते बसेको कोरोना भाइरस रोकथाम, नियन्त्रण समितिको बैठकले थप संक्रमित बढ्न नदिनका लागि भनेर वडा शिल गरेको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले एक सूचना जारी गरी वडा शिल भएको जानकारी दिनुभएको छ ।
५ गते बेलुकी ६ बजेदेखि नै वडा शिल भएको छ । यस अवधिमा वडा भित्र अत्यावश्यकिय कामकाज बाहेका सम्पूर्ण काममा बन्देज लगाइएको छ । सवारी साधन, व्यापार व्यवसाय तथा कुनै पनि खालको भिडभाड नगर्नु, नगराउनुहुन अनुरोध गरिएको छ । उक्त वडामा ५ गते एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ९२ जनाको स्वाव संकलन गरिएकामा ति पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म जिल्लामा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य १ सय २३ निको भएका छन् भने ३६ जना सक्रिय संक्रमित रहेका छन् ।