रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ ले घुम्ती शिविर सुरु गरेको छ । वडाले वडाका नागरिकलाई सहज सेवा दिने उद्देश्यले घुम्ती शिविर आयोजना गरेको हो । नागरिकलाई वडा कार्यालयबाट हुने सम्पुर्ण काम शिविर मार्फत गराई रहेको बताईएको छ । त्यस्तै शिविर मार्फत स्वास्थ्य चेकजाँच तथा औषेधी वितरणका साथै विभिन्न जातका तरकारी बालीको बीउ वितरण समेत भइरहेको छ । आज सुरु भएको घुम्ती शिविर आउदो मंगलबारसम्म सञ्चालन हुने छ । आज पहिलो दिन वडाका भुरुङ्गा टोलका ११ जनाको मालपोत कर काटिएको छ ।
त्यस्तै १५ जना पुरुष र ४० जना महिलाको स्वास्थ्य चेकजाँज गरिएको छ । ६७ जना कृषकहरुलाई विभिन्न जातको हिउदे तरकारी बालीको बीउ समेत बितरण गरेको वडा कार्यालयले जानकारी दिएको छ । शिविर शनिबार झिमखोला, आइतबार लम्पाकोट र मंगलबार वडा कार्यालयमा संचालन हुने वडा अध्यक्ष खर्कसिङ थापाले जानकारी दिनुभयो छ । शिविरमा अध्यक्ष थापा सहित स्वास्थ्य चौकी धपेका इन्चार्ज हरिबहादुर केसी, वडा सचिब प्रेमप्रकास ओली कृषि प्राधिकक करूणा पुन, अस्थायी प्रहरी पोष्ट धपेका इन्चार्ज बिरबहादुर बुढा, वडाका जनप्रतिनिधि लगायत सम्मिलित टोली खिटएकाे छ ।