Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पताल सल्लेका प्रमुख डा. शुशिल र सिनियर अनमी हिरा उत्कृष्ट कर्मचारी घोषित
डा. पोख्रेल बायाँ र सिनियर अनमी हिरा दायाँ ।

जिल्ला अस्पताल रुकुम पश्चिमका प्रमुख विशेषज्ञ डाक्टर शुशिल पोख्रेल र सिनियर अनमी छैटौं हिरा पुन उत्कृष्ट कर्मचारी घोषित हुनुभएको छ । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा उहाँहरु कर्णाली प्रदेशकै उत्कृष्ट कर्मचारी घोषित हुनुभएको हो । 

प्रदेश मन्त्री परिषदको निर्णय अनुसार डाक्टर पोख्रेल र सिनियर अनमी हिरा उत्कृष्ट घोषित भएको बताइएको छ । दुवै जनाले समान ७५ हजार नगद पुरस्कार पाउने छन् । अहिले घोषणा मात्र भएको र भाद्र २२ गते निजामती दिवसका अवसरमा पुरस्कृत गरिने बताइएको छ । 

डाक्टर शुशिल स्वास्थ्य सेवा कार्यालय प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ । उहाँ हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ भने हिरा सिनियर अनमीको रुपमा लामो समय देखि जिल्ला अस्पतालमा कार्यरत हुनुहुन्छ । कर्णाली प्रदेशले हरेक वर्ष हरेक क्षेत्रका सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्ने गरेको छ । सवोत्कृष्टलाई १ लाख र उत्कृष्ट कर्मचारीलाई नगद ७५ हजार पुरस्कारले पुरस्कृत गर्ने गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update