गत सोमबार राप्ती राजमार्गको कपुरकोट गाउँपालिका वडा नम्बर ३ आगरखोलामा हाइस दुर्घना हुदाँ दार्मा गाउँपालिका सल्यानले ठुलो क्षेती बेहोर्नु परेको भन्दै दुःख व्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष निमबहादुर केसीले एक शोक वक्तव्य जारी गर्दै उक्त दुर्घटन हुदाँ पालिकाले ठुलो क्षेति बेहोर्नु परेको बताउनुभएको हो । दुर्घटनामा दार्मा गाउँपालिका वडा नम्बर २ लामास्वाराका खुमबहादुर भनिने ओमपत खत्री र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ११ का कमारो कामीको मृत्यु भएको थियो । भने दार्माकै ६ जना र अन्य ठाउँका ८ जना घाईतेको राप्ती प्रादेशिक अस्पताल दाङ तुल्सीपुरमा उपचार भइरहको छ ।
हाइसमा १६ जना सवार मध्ये ७ जना दार्मा गाउँपालिकाका रहेकाले यो दुर्घटनामा गाउँपालिकाले ठुलो क्षेति बेहोर्नु परेको अध्यक्ष केसीको भनाई छ । त्यस्तै गाउँपालिकाले उपचाररत १४ जना घाईते यात्रुहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरिया खर्च उपलब्ध र उचित राहतको व्यबस्था र घाईतेहरुको निःशुल्क उपचारको लागि सम्बन्धित पक्षलाई पनि ध्यानाकर्षण पनि गराएको छ ।
राप्ति राजमार्गमा सडक दुर्घटना ठुलो समस्याको रुपमा रहेको उल्लेख गर्दै साँघुरो तथा कच्ची सडक, सडक खाल्डाखुल्डी, क्षमताभन्दा बढी यात्रुको चाप, सवारी साधनको मर्मत सम्भारमा हेलचेक््रयाइँ, चालकको असाबधानी साथै सिट नभएपनि जबरजस्ती यात्रा गर्ने यात्रुहरुको प्रवृत्तिले यस्ता दुःखद घटनामा कमी आउन नसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
घटनाको सत्यतथ्य छानबिनको लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएकाले छानबिनबाट दोषि पत्ता लगाई दोषिलाई हदैसम्मको कार्वाही हुनेमा विश्वस्त रहेको समेत गाउँपालिका अध्यक्ष केसीले बताउनुभएको छ । गत सोमबार रुकुम पश्चिमको नुवाकोटदेखि दाङ तुल्सीपुरका लागि छुटेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी सल्यानको कुपरकोट गाउँपालिका वडा नम्बर ३ आगरखोलामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने १४ जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।