Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन बैशाख ८ र ९ मा 

नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमको २७ औं जिल्ला सम्मेलन बैशाख ८ र ९ गते जिल्ला सदरमुकाम मुसीकोटमा हुने भएको छ । संगठनको बिहिबार बसेको जिल्ला समितिको सातौं पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । “संसदीय व्यवस्थाको विरुद्ध वैज्ञानिक समाजवादी आन्दोलन, बैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनका लागि २७ औं जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ ८ गते उद्घाटन र ९ गते बन्दसत्र, पत्रकार सम्मेलन र घोषणा कार्यक्रम गर्ने निर्णय भएको संगठनले जनाएको छ । 

सम्मेलनका लागि प्रेमप्रशान्त बोहराको संयोजकत्वमा २७ सदस्यीय २७ औं जिल्ला आयोजक समिति गठन गरिएको छ । यसका साथै विभिन्न उप समितिहरु पनि गठन गरिएको छ । जसमा प्रतिवेदन लेखन उपसमिति, व्यवस्थापन उप समिति, आर्थिक उप समिति, प्रचारप्रसार उपसमिति र विद्यार्थी परिचालन तथा स्वयंसेवक उप समिति रहेका छन् । जिल्लामा अवैध रूपमा संचालित सम्पुर्ण शैक्षिक संस्थाका विरुद्ध कारबाही गर्ने/गराउने निर्णय गर्दै अधकल्चै रहेको स्यार्पु र टिएनटि कलेज नामधारी संस्थाको आन्दोलनलाई निर्णायक बनाउने निर्णय पनि बैठकले गरेको छ । 

मनपरि शुल्क असुली, ट्युसन मार्फत लुट मच्चाउने, निजि शैक्षिक संस्थाको धाँधली, खेताला शिक्षक राख्ने लगायतका सम्पुर्ण शैक्षिक विकृति र विसंगति विरुद्ध जनअनुमोदित संघर्ष गर्ने निर्णय समेत बैठकबाट भएको जिल्ला सम्मेलन आयोजक समिति संयोकज प्रेमप्रशान्त बोहराले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update