कर्मचारीमाथि हातपात भएकाे भन्दै रूकुम पश्चिमकाे मुसिकाेट नगरपालिकाकाे कार्यालयकाे गेटमा लागेकाे ताला खुलेकाे छ । उपप्रमुख बिमलकुमार पुनले नगर शिक्षा, युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख नरेन्द्र ओलीमाथि हातपात गरेकाे भन्दै कर्मचारीले आइतबार नगरपालिका कार्यालयकाे मुख्य गेटमा तालाबन्दी गर्दै सेवा ठप्प पारेका थिए । आज नगर उपप्रमुख र शिक्षा शाखाका निमित्त प्रमुख ओलीविच मेलमिलाप भएपछि ताला खुलेकाे हाे ।
नगर उपप्रमुख पुनले कर्मचारीप्रति आफ्नाे कुनै रिस नभएकाे र कर्मचारीकाे सुरक्षाप्रति संवेदनशील रहेकाे बताउनुभएकाे थियाे । सानाे कुराेलाई ठूदाे बनाएर अवस्थालाई जटिल बनाउदा कसैलाई फाइदा नहुने भएकाले आगामी दिनमा यस्ता घटना दाेहाेरिन नदिनका लागि सचेत रहेकाे बताउनुभएकाे थियाे । शिक्षा प्रमुख ओली र निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काकाे काँधमा काँध मिलाएर उपप्रमुख पुनले साैहार्दपूर्ण वातावरण बनाउने प्रयास गर्नुभएकाे थियाे ।
त्यसपछि कर्मचारीले ताला खाेलेका थिए । उप्रमुख पुन र शिक्षा शाखा प्रमुख ओलीले कार्यकक्षमा हात मिलाएकाे फाेटाे पनि सार्वजनिक भएकाे छ । फाेटाेमा १२ नम्बर वडाध्यक्ष धिरन शिर्पाली लगायत हुनुहुन्छ । याे संगै नगरपालिकाकाे सेवा सुचारू भएकाे छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले आज बिहान एक विज्ञप्ति जारी गर्दै ताला खाेलि सेवामा फर्किन निर्देशन जारी गर्नुभएकाे थियाे ।
त्रिजमाविको शिक्षक र कृषि प्राविधिकको परीक्षाको तयारी गरिरहेका बेला नगर उपप्रमुख पुनले शाखा प्रमुख ओलीमाथि हातपात गरेको कर्मचारीहरुको भनाई छ । उपप्रमुख पुनले भने परीक्षा रोक्न मात्र भनेको हातपात भने नगरेको दाबी गर्नुभएको छ ।