सवारी चालक अनुपति पत्र लाईसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ । रुकुम पश्चिमको चौरजहारी यातायात व्यवस्था सेवा कार्यालयले हिजो संचालन गरेको चालक अनुपति पत्र लाइसेन्सको ट्रायलमा सहभागी एक नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो । अर्काको नाममा मोटरसाइकलको प्रयोगात्मक परीक्षा (ट्रायल) दिने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर १ का २७ वर्षिय प्रेम ददेललाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार ददलले सोही ठाउँका विकल्प शाहको नाममा प्रयोगात्मक परीक्षा (ट्रायल) दिएको पाइएपछि प्रक्राउ गरिएको हो । ट्रायलमा सहभागी हुँदा ददेलले शाहको प्रवेश पत्र र नागरिकता लिएर प्रवेश गरी ट्रायल पास गरेको र अन्तिममा भेरिफाई गर्दा शंका लागेर सोधपुछ गर्दा नक्कली परीक्षार्थी रहेको खुल्न आएको ट्रायलमा खटिनु भएका जिल्ला ट्रफिक कार्यालय रुकुम पश्चिमका इन्र्चाज जगतबहादुर कठायतले जानकारी दिनुभयो ।
नक्कली परीक्षार्थी बनेर अर्काको प्रयोगात्मक परीक्षा दिने ददेललाई अभद्र व्यवहारमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।