Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा १३ औँ अन्तराष्ट्रिय बेपत्ता दिवस मनाईयो

रुकुम पश्चिममा पनि १३ औँ अन्तराष्ट्रिय बेपत्ता दिवस मनाइएको छ । जिल्लामा क्रियाशिल मानव अधिकारकर्मीहरुले बुधबार संयुक्त रुपमा कार्यक्रम आयोजना गरी दिवस मनाएका हुन् । अन्तराष्ट्रिय बेपत्ता दिवसको अवसरमा मुसिकोट नगरपालिका वडा नम्ब १ को बराहाटाकुरामा रहेको सहिद स्मारिकामा दिप प्रज्वलन गरिएकाे सहजकर्मी समाजकी फिल्ड अधिकृत माया बोहराले जानकारी दिनुभयो ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अझैसम्म पनि पत्ता नलाग्नु सरकारको कमजोरी रहेको मानव अधिकारकर्मीहरुले बताएका छन् । जिल्लामा १३ जना व्यक्ति बेपत्ता पारिएकाकाे सुचिमा रहेकाले ति बेपत्ता भएकाहरुको खोजि कार्यमा सरकार लगाएत मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाले चासो दिनुपर्ने महिला पुनस्र्थापना केन्द्र ओेरेककी  जिल्ला संयोजक दिपा धितालले बताउनुभयो ।

१० वर्षे जनयुद्धको क्रममा राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरुको पर्खाइमा घरपरिवार रहेकाले यसतर्फ राज्यकाे ध्यान जान आवस्यक रहेको  मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले बताउनुभयो । दिवसको अवसरमा जिल्लामा बेपत्ता पारिएका व्यक्तिको सम्झना स्वरुप राज्यलाई दवाब सिर्जना गर्न कार्यक्रम आयोजना गरेकोमा धन्यावाद व्यक्त गर्दै उहाँले बेपत्ता पारिएका व्यक्तिको खोजी कार्यमा सबैको ध्यान जान जरुरी रहेको उहाँले बताउनुभयाे । 

दिप प्रज्वलन कार्यक्रममा जिल्ल्लामा मानव अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update