Kakhara सबैको खबर सम्पूर्ण खबर
पुस्तकालय दिवसः मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा कविता प्रतियोगिता 
कविता प्रतियाेगितामा स्थान हासिल गर्नेहरू ।,

१६ औं पुस्तकालय दिवसको अवसरमा रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा कविता प्रतियोगिता संचालन गरिएको छ । क्याम्पसले आज बिहान क्याम्पसमा कविता प्रतियोगिता संचालन गरेको हो । प्रतियोगितामा क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । 

जसमा ग्रयाजुयट स्कुल अफ एजुकेशन स्नातकोत्तर तह प्रथम सेमेस्टरका कविराम बुढाथोकी प्रथम, ग्रयाजुयट स्कुल अफ एजुकेशन स्नातक तह दोस्रो सेमेस्टरका दुर्गाप्रसाद विक र छैटौं सेमेस्टरका लक्ष्मी धिताल द्वितिय भएको मुसिकोट खलंगा बहुमुखी क्याम्पसले जनाएको छ । 

त्यस्तै प्रतियोगितामा ग्रयाजुयट स्कुल अफ एजुकेशन स्नातक तह तेस्रो सेमेस्टरका गंगा केसी तृतिय र तेस्रो सेमेस्टरकै धनिषा बाँठा मगर सान्त्वना भएको पूर्व क्याम्पस प्रमुख तथा क्याम्पसका उपप्रध्यापक मुकुन्दप्रसाद शर्माले जानकारी दिनुभयो । प्रतियोगितामा स्थान हासिल गर्नेलाई किताब र डायरी पुरस्कार दिइएको उहाँको भनाई छ । 

आज देशभरमा ‘पुस्तौ पुस्ताका लागि पुस्तकालय’ भन्ने मूल नाराका साथ १६ औं पुस्तकालय दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update