Kakhara सबैको खबर सम्पूर्ण खबर
१७ महिने रियाजको उपचारका लागि सहयोगको याचना
उपचाररत् रियाज ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ का रियाज चन्दको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् । १७ महिनाका रियाजलाई कलेजो, रगत, फोक्सोका साथै दिमागमा इन्फेक्सन देखिएको छ । जसका कारण उनी लामो समयदेखि बिरामी अवस्थामा छन् । उनको अहिले पाटन अस्पताल लगनखेलमा उपचार भइरहेको छ ।

अस्पतालको आयसियु कक्षमा राखेर छोरोको उपचार भइरहेको आमा सिर्जना बिसीले बताउनुभयो । छोराको अवस्था गम्भिर रहेको र उपचार खर्च धेरै लाग्ने भएकोले छोराको उपचारमा सहयोग गरिदिन उहाँले सबैमा आग्रह गर्नुभएको छ । आर्थिक अवस्था कमजोर भएकोले छोराको उपचारमा समस्या भएको उहाँले बताउनुभयो ।

आफुसंग भएको र ऋण गरेर अहिलेसम्म उपचार गरेको तर अब उपचार गर्न निकै समस्या भएकोले सहयोगका लागि उहाँले सबैमा अनुरोध गर्नुभएको छ । ‘छोराको अवस्था गम्भिर छ, आइसियुमा राखेर उपचार चलिरहेको छ, उहाँले भन्नुभयो–अस्पतालले धेरै पैसा लाग्छ भनेको छ, हाम्रो क्षमताले छोराको उपचार गर्न असम्भव छ, तपाइहरुले सकेको सहयोग गरेर छोराको ज्यान बचाइदिनुहोला ।’

देश तथा बिदेशमा रहनु भएका आफन्त नातागोता, साथीभाई तथा इस्टमित्र लगायत सबैलाई उहाँले सहयोगका लागि आग्रह गर्नुभएको छ । सहयोगका लागि आमा सिर्जनाको नाममा एनआइसी एसिया बैंकमा रहेको खाता नम्बर ११९५७५२१७७९२६००१ मा पैसा जम्मा गर्न सक्ने तथा मोबाइल नम्बर ९८४९५२७८५९ मा फाेन पे तथा सम्पर्क गर्नसक्नुहुने छ ।

सहयोगका लागि

नाम:- Shreejana B.C (बिरामीको आमा)

खाता नम्बर- 1195752177926001

बैंकको नाम-Nic Asia Bank

फोन पे का लागि मोबाईल- 9849527859

 
 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update