Kakhara सबैको खबर सम्पूर्ण खबर
पुल नहुँदा मुसिकोट ८ घट्टेखोलावासीलाई सास्ती 
काठे पुलबाट जोखिम मोलेर खोला तर्दै एक बृद्धा ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ को घट्टेखोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । विशेष गरी वर्षातको सयममा घाँस दाउदा गर्दा खोला वारपार गर्नुपर्ने भएकाले पुल नहुँदा समस्या भएको स्थानीयको भनाई छ । त्यसठाउँका स्थानीय जोखिम मोलेर खोला वारपार गर्न बाध्य छन् । स्थानीय सरकारले पुल बनाउन चासो नदेखाएपछि युवाहरुको पहलमा खोला वारपार गर्न काठेपुल निर्माण गरिएको स्थानीय टेकराज विश्वकर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्थानीयको श्रमदाबाट काठेपुल निर्माण गरिएको छ । पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । पटक पटक वडा कार्यालयलाई पुलको बारेमा गुनासो गर्दा पनि वडा कार्यालयले सम्बोधन नगरेपछि स्थानीयहरु मिलेर श्रमदान मार्फत काठेपुल निर्माण गरेका हुन् । 

खोलामा पुल निर्माणका लागि पहल भइरहेको वडाले जनाएको छ । घट्टेखोलामा स्थानीयले काठेपुल निर्माण गरेपछि सोही पुलबाट स्थानीयले आजवजावज गरिरेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update