रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिकामा खाेलाले बगाउदा दाजु बहिनीकाे मृत्यु भएकाे छ । वडा नम्बर ६ घर्तिकाँडाका रतन बुढाथाेकीका १० वर्षिय छाेरा मनाेज र ६ वर्षिया छाेरी भावनाकाे आइतबार अपरान्ह ४:३० बजे बिद्यालयबाट घर फर्किने क्रममा खाेलामा आएकाे बाढीले बगाउदा मृत्यु भएकाे हाे ।
उनीहरूलाई नाउलाखाेलाले बगाएकाे जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे । मनाेजकाे शव १ सय ५० मिटर र भावनाकाे शव ८ सय मिटर तल फेला फरेकाे उहाँले बताउनुभएयाे ।
उहाँका अनुसार बाढी आएकाे बेला खाेला तर्ने क्रममा दुई भाइ बहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा अध्यनरत थिए । मनाेज कक्षा ३ र भावना कक्षा १ मा पढ्थिन् । आइतबार दिउँसाे हावाहुरीसंगै ठुलो वर्षा भएकाे थियाे ।