रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ८ कि ११ वर्षिया सन्ध्या बिक आमाको क्रिया बसेकी छिन् । आमा अस्मिता विकको उपचारका क्रममा निधन भएपछि छोरी सन्ध्या ११ वर्षमै आमाको क्रिया बसेकी छिन् । परम्परागत रितिअनुसार मृतकका नाममा क्रिया बस्ने प्रचलन रहेको छ । छोराले क्रिया बस्ने परम्परा रहेपनि पछिल्ला वर्षहरुमा भने छोरी पनि क्रिया बस्ने गरेका छन् । सन्ध्या अस्मिता र पहलसिंहकी एक मात्र सन्तान हुन् ।
सन्ध्या कक्षा ५ मा अध्यनरत् छिन । उपचारको क्रममा मृत्यु भएकी अस्मिताको नेपालगञ्जबाट रुकुम पश्चिम ल्याएर मुसिकोट नगरपालिका वडा नम्बर ३ को मुग्लुखोलामा अन्तेष्टि गरिएको थियो । २८ वर्षिया अस्मिताको उपचारको क्रममा निधन भएको हो । छोरा मान्छे मात्रै काजक्रिया वस्नु पर्छ भन्ने परम्परागत रिति ताेड्दै आमाको निधन भएपछि एक मात्र सन्तान ११ वर्षिया सन्ध्या आमाको क्रिया बसेकी हुन् ।