Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट ८ मा एक घर एक करेसाबारी अनिवार्य

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ८ ले एक घर एक करेसाबारी अनिवार्य गरेको छ । वडावासीलाई  कृषिमा आकर्षित गर्न वडाले प्रत्येक घरमा करेसाबारी निर्माण गर्नुपर्ने नियम बनाएको छ । वडा समितिको भदौ १५ गतेको बैठकले एक घर एक करेसाबारी निर्माण गर्ने निर्णय गरेको वडा अध्यक्ष खगेन्द्र विकले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडाका सवै घर परिवारलाई करेसाबारी निर्माण गर्न भनिएको छ । करेसाबारीको लागि वडाले निःशुल्क रुपमा तरकारीको वीउ उपलब्ध बनाउने छ । एक हप्ता भित्रै वीउ खरिद गरेर वडाका सबै घर परिवारलाई वितरण गर्ने वडाले जनाएको छ । 

करेसाबारीको लागि वडाले किसानको आवस्यकता अनुसार वर्षमा २ पटक तरकारीको वीउ निःशुल्क रुपमा उपलब्ध बनाउने छ । वडाले वीउ वितरण गरिसकेपछि वडावासीले करेसाबारीमा वीउ रोपे नरोपेको अनुगमन गरिने वडा अध्यक्ष विकले बताउनुभयो । 

वितरण गरिएको वीउ नरोपेको पाइएमा वडा कार्यालयले प्रदान गर्ने सेवा सुविधामा कडाई गर्नुका साथै सेवा सुविधाबाट नै बन्चितसम्म गरिने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update