Kakhara सबैको खबर सम्पूर्ण खबर
कसैले वास्ता नगरेपछि स्थानीय आँफैले बनाए घट्टेखोलामा पुल  
स्थानीयले श्रमदानमा निर्माण गरेकाे पुल ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ मा स्थानीयको श्रमदानमा काठेपुल निर्माण गरिएको छ । स्थानीयले वडाको घट्टेखोलामा काठेपुल निर्माण गरेका हुन् । खोलामा पुल नहुँदा स्थानीयलाई खोला तर्न मुश्किल भएको थियो । पुल निर्माणका लागि कतैबाट पहल नभएपछि आफैले पुल निर्माण गरेको स्थानीय टेकराज विश्वकर्माले बताउनुभयो । 

स्थानीय युवाहरुको पहलमा करिब १ लाख ५० हजारको लगानीमा काठेपुल निर्माण गरिएको उहाँको भनाई छ । वर्षातको समयमा खोला तर्न निकै मुश्किल भएपछि बाध्य भएर पुल निर्माण गरिएको उहाँले बताउनुभयो । पुल निर्माणमा लागेको सबै खर्च स्थानीयको छ । यसमा वडाले १० हजार दिने आश्वासन दिएको बताइएको छ । पुल निर्माण भएपछि स्थानीयलाई सहज भएको विश्वकर्माले बताउनुभयो । 

Pul1693884436.jpg
पुल निर्माण गर्दै स्थानीय ।

छाना सहितको पुल निर्माण गरिएपछि पुल पनि धेरै समय टिक्ने भन्दै स्थानीय हर्षित छन् । हालसम्म खोलामा पुल नहुँदा त्यस क्षेत्रका स्थानीय जोखिम मोलेर घट्टेखोला तर्न बाध्य थिए ।

374773105_1966342243816139_1532007985119395143_n1693884483.jpg
स्थानीयले निर्माण गर्रकाे काठेपुल ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update