मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर
रुकुम पश्चिम् आठबीसकोट नगरपालिकामा मोतियाविन्दुको निःशुल्क सल्यक्रिया शिविर सम्पन्न भएको छ । चैत्र ११ गते देखि १३ गते सम्म शिविर सञ्चालन भएको थियो । शिविरमा पहिलो दिन ६५ जनाको , दोस्रो दिन १ सय २ जना र भने अन्तिम दिन ४० जना गरी शिविरमा २ सय ७ जनाको मोतियाविन्दुको निःशुल्क सल्यक्रिया भएको नगरपालिकाका स्वास्थ्य संयोजक मणिराज शाहले जानकारी दिनुभयो ।
उक्त शिविरमा सुर्खेत आँखा अस्पतालमा कार्यरत डाक्टर मनिष खतिवडा र आकांक्षा राना लगायतको टोलिले सेवा प्रदान गरेको थियो । नगरपालिकाले शिविरमा खटिएका सम्पूर्णलाई विदाई गरिएको छ । निःशुल्क शिविरमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान सहित विदाई गरिएको संयोजक शाहले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, चैत १४, २०७७ १७:०६
प्रतिक्रिया दिनुहोस्