Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पनि मानव बेचबिखन विरुद्धको दिवस मनाइयो

रुकुम पश्चिममा पनि १७ औँ राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाइएको छ । आज मुसिकोट नगरपालिका वडा नम्बर १ को बालमन्दिर प्रागंणमा दिवस मनाइएको हो । दिवसको अवसरमा मानव बेचबिखन विरुद्ध नारा समेटिएका प्लेकार्ड, सचेतनामुलक जिगंल सहित र्याली निकालिएको थियो । सामाजिक विकास कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले कार्यक्रम आयोजना गरेको हो । 

र्यालीपछि बालमन्दिरमा मन्तव्यको कार्यक्रम भएको थियो । कार्यक्रमलाई संवोधन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकले मानव बेचबिखन अन्त्य गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । मानव बेचबिखन तथा ओसारपार भएको थाहा पाएमा सम्बन्धित निकायमा खबर अथवा उजुरी गर्नुपर्ने पनि उहाँले बताउनुभयो । 

मानव बेचबिखनका घटना न्युनिकरण गर्न सबै मिलेर लागेमा यस्ता खालका घटनामा कमि आउने विश्वास उहाँको छ । त्यस्तै मानव अधिकार रक्षक सञ्जालकी जिल्ला संयोजक ब्यूझना पुन देबकोटाले मानव बेचबिखनका घटनामा कमी ल्याउन कुनै एक निकायको पहलले मात्र नपुग्ने बताउनुभयो । 

सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मुलन भने नाराका साथ १७ औँ राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाइएको हो । कार्यक्रममा जिल्लास्थित जनप्रतिनिधि, मानवअधिकारकर्मी तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतितिनिधिको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update