Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णालीका सामाजिक विकास मन्त्रीद्धारा रुकुम पश्चिम जिल्ला अस्पतालको निरीक्षण

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेलले जिल्ला अस्पताल रुकुम पश्चिमको निरीक्षण गर्नुभएको छ । जिल्ला अस्पतालको सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी लिनुका साथै उहाँले अस्पतालको नवनिर्मित भवनको निरीक्षण गर्नुभयो । उहाँले अस्पतालका सबै कक्षमा पुगेर निरीक्षण गर्नुभएको थियो । 

मन्त्री पोख्रेलले जिल्ला अस्पताल परिषरमै रहेको आँखा उपचार केन्द्रको समेत निरीक्षण गर्नुभयो । भौतिक संरचना, उपकरण, औषधिको उपलब्धता, सेवा प्रवाहमा देखिएका समस्या, सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउन भएका प्रयास लगायतका बारेमा मन्त्री पोख्रेललाई जानकारी गराइएकाे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिनुभयाे । 

स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर शुशिल पोख्रेलले मन्त्री पोख्रेललाई अस्पतालको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । अस्पतालले क्षमता भन्दा बढी सेवा दिइरहेको उहाँले बताउनुभयो । २५ श्यैयाको क्षमता भएपनि ५० श्यैयामा सेवा दिइरहेको उहाँको भनाई थियो । 

निरीक्षणपछि मन्त्री पोख्रेलले स्वास्थ्य संवेदनशिल विषय रहेकोले अस्पतालबाट भरपर्दो सेवा प्रवाह हुनुपर्ने बताउनुभयो । सानो लापरवाहीले पनि व्यक्तिको ज्यान नै जानसक्ने जोखिम रहेकोले संवेदनशिल बन्न सबै स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अनुरोध गर्नुभयो । 

अस्पतालको सेवा प्रवाहलाई अझै राम्रो बनाउनका लागि देखिएका समस्यालाई हल गर्न मन्त्रालयले ध्यान दिने उहाँको भनाई छ । चिकित्सक तथा स्वास्थ्यकर्मी, उपकरण र औषधीको व्यवस्थाका साथै क्षमता विकास तालिम जस्ता कार्यक्रमका लागि मन्त्रालय गम्भिर रहेको मन्त्री पोख्रेलले बताउनुभयो । 

372151200_1628426127646566_1493443484429808357_n1694001263.jpg

उहाँले उच्च मनोबलका साथ काम गर्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अनुरोध समेत गर्नुभएको छ । मन्त्री पोख्रेलले जिल्लामा रहेका प्रदेश मातहतका विभिन्न कार्यालयको पनि अनुगमण तथा निरीक्षण गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update