रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ५ स्यार्पूमा सहिद बिवेक चमत्कार स्मृति होली मेलाको अबसरमा आयोजित बिबिध खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । मेलाको अबसरमा सुन्दर समाज युवा क्लवले खुला स्वच्छ वडा स्तरिय पुरुष तथा महिला भलिबल, महिला, पुरुष दौड, स्लो बाइकरेस र रस्साकसी प्रतियोगिता आयोजना गरेको थियो । १६ वटा समुहले प्रतिस्पर्धा गरेको पुरुष भलिबलमा बाँफिकोट ४ ले प्रथम स्थान हाँसिल गर्दै ५१ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । बाँफिकोट २ दोस्रो हुँदै ३५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र पाउँदा तेस्रो हुने बाँफिकोट ३ ले २५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र पाएको छ ।
१३ समुहले भाग लिएको महिला भलिबलमा प्रथम हुँदै बाँफिकोट ३ ले २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै दोस्रो हुने आयोजक सुन्दर समाज युवा क्लव बाँफिकोट ५ ले १५ हजार सहित मेडल र प्रमाणपत्र पाएको छ भने तेस्रो हुने पुथाउत्तरगंगा गाउँपालिका ५ ले १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तैगरी मेलाको अबसरमा आयोजित स्लो वाईकरेस प्रतियोगितामा २५ जनाले प्रतिस्पर्धा गरेकोमा जगदिश पुरी प्रथम, सुरेश सिंह दोस्रो र हिमाल बोहोरा तेस्रो भएको बताईएको छ ।
६ हजार मिटरको दौडमा पुरुषतर्फ टिकाराम केसी प्रथम, घनश्याम बिक दोस्रो र तिलक दाहाल तेस्रो हुनुभएको छ । महिलातर्फ मनिषा पुरी प्रथम, मनिषा दाहाल दोस्रो र सीता बिक तेस्रो हुनुभयो । रस्काकसी प्रतियोगितामा बाँफिकोट ३ की मिना दाहालको समुह प्रथम भएको आयोजक सुन्दर समाज युवा क्लवका अध्यक्ष गोर्खबहादुर दाहालले जानकारी दिनुभयो ।