केही दिन पहिले नेकपा एमालेका सचिव योगेश भट्टराईको अभिव्यक्तिमा आधारित शव्द सहित कुनै पत्रिकामा सामाचार छापिएर आयो । रुकुम पश्चिम राष्ट्रिय राजनीतिको केन्द्र विन्दु र चासो भित्र रहेको जिल्लामा योगेश दाइले पोलपोटको शासणको अनुभुति गरे । विश्व राजनीति अध्ययन गरेको एक विद्धान र युवा नेताले कम्बोडियाको राजनैतिक व्यवस्था र पोलपोटको कार्यशैली रुकुममै अनुभव गर्न पाएपछि किन जाने कम्बोडिया ? माओवादी जनयुद्धको उद्गम थलो, पोलपोटकै शैलीमा हत्या गरिएका ६०० वढी सहिदहरु, थुप्रै बेपत्ता, घाईते अपाङगहरुको जिल्ला रुकुम । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो नारा लगाउने जिल्ला पनि हो रुकुम । तत्कालिन राज्यले वा राज्य सत्ता संचालक तल्कालिन कांग्रेस, एमालेले १२,००० वढि माओवादी कार्यकर्ता, सर्वसाधारण, बुद्धिजीवी र पत्रकारहरुको कत्लेआम गर्याे । प्रतिकार स्वरुप माओवादीले झण्डै ५ हजार कांग्रेस, एमाले कार्यकर्ता, सुरक्षा निकायका सदस्यहरुको हत्या नगरेको पनि होइन । तत्कालिन समयमा राज्य जति उग्र, निरङकुस र निर्मम थियो त्यसको तुलनामा माओवादी उग्र थिएन । आँकडाले नै यही देखाउँछ कि माओवादी निकै संयम र जनताप्रति उत्तरदायी थियो । अढाई सय बर्ष लामो राजतन्त्रात्मक निरङ्कुश शाषण व्यवस्थाको अन्त्य यति थोरै मानवीय क्षेतिवाट भएको घटना सायद नेपालमा मात्र होला । जनयुद्धको बलमा २०६२/०६३ को जनआन्दोलनको रापले कोइला बनिसकेको राजतन्त्रले आफ्ना झोली तुम्बी बोकेर सर्वसाधारण जनताको लाइनमा जान तयार हुने अवस्था सामान्य थिएन । जनयुद्धको विश्राम र जनआन्दोलनको समाप्ती पछि सुरु भएको शान्ति प्रक्रियापछि संविधान निर्माण प्रक्रियासम्म आइपुग्दा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, धर्मनिरपेक्ष राष्ट्र, समानुपातिक समावेशी शासन व्यवस्था, मधेसी, दलित, जनजातिहरुका अधिकारको संरक्षणका क्षेत्रमा संविधान बनाउने कुरामा माओवादीको जुन भुमिका रह्यो त्यो अतुलनिय छ ।
भ्रष्टाचारले आक्रान्त भएको देशमा समृद्धि र सुशासनको अभियानमा आज माओवादी पूर्ण प्रतिवद्धतापूर्वक लागि रहेको बेला केही दल वा व्यक्तिहरु पुर्वाग्रहपूर्ण तरिकामा लागिरहेको सन्दर्भले आम जनमासमा एउटा खालको विद्रोह पनि पैदा भइरहेको छ । भुटानी शरणार्थी काण्ड, ३३ किलो सुन काण्ड, ७० करोड काण्ड, बालुवाटर काण्ड/ललितानिवास काण्ड, वाइडबडि, यती/ओम्नी काण्ड, अरुण ३, एनसियल, भ्यू टावर, कोरना सामग्री खरिद कमिशन, गिरीबन्धु चिया बगान, सांसद अपहरण, सार्वजनिक जग्गा अतिक्रमण, के जते बन्धु जग्गा, पानी टंकिमुनी के जते गरेको कति हो कति काण्डै काण्डले भरिएको देश । बैशाख महिनामा रुखका काण्ड र पात पलाएजस्तो काण्डहरुले फ्रष्टेसनमा परेको एउटा जमातको मनोविज्ञानलाई बुझेर केही काण्डवालाहरुले नयाँ पार्टी पनि स्थापित गरिछोडे । योगेश दाइ यिनै काण्डहरुका पार्टीको माननीय नेता हुन कतै यति धेरै काण्ड मध्ये एउटा काण्डको जिम्मा नलागोस शुभकामना ।
पोलपोटले पुराना सवै स्कुलहरु बन्द गरे, पुराना सवै अस्पतालहरु बन्द गरे । शिक्षक र डाक्टरहरु सवैलाई नरसंहार गरे बाँकी रहेकालाई कृषिमा लगाए । अल्पसंख्यक चाइनिज, मुसलमान, भियतनामीहरु समेतको हत्या गरे । अन्य विदेशी नागरिकहरु, विदेशी कपडा लगाउनेहरु, विदेशी भाषा बोल्न जान्नेहरु, चस्मा लगाउनेहरु सबैको सामुहिक नरसंहार गरे । कम्बोडियामा कुनै पनि विदेशी आयातको अनुमति थिएन । विदेशी जस्तो अनुहार देखियो भने पनि हत्या गर्ने आदेश थियो । पोलपोटले निकै कडा कानुन बनाए, कानुनहरु सबैमा मृत्युदण्डको सजाय व्यवस्था थियो । चामल चोरी गर्नेको पेट चिरेर चामल निकाल्ने कानुन बनाए, शहरको एक क्षेत्र पुरै खाली गरेर गल्ती गर्नेहरुलाई मृत्युदण्ड दिने ठाउँ बनाइयो ।
प्रचण्ड सरकारले काण्डहरु केलाउदै पात समेत झार्ने गरि सुरु गरिएको कदमले दिलको एउटा कुनामा त्रासै त्रासले बाचेका योगेश दाइले पोलपोटको इतिहास विर्सिएर आफुले के बोले थाहा नपाएपछि पोलपोटको विषयमा आफुले जानेका कुरा प्रस्तुत गर्नुपर्ने मलाई बाध्यता भयो । धेरैलाई लागेको छ को हुन पोलपोट ? पोलपोटको शासण शैली र इतिहास के हो ? रुकुमको बर्तमान राजनैतिक अवस्थासंग के पोलपोटको शासण व्यवस्था मिल्छ त ? म आफु एक गवार, गाउले केटो, आमा घाँस गएका वेला जंगलमै जन्मेको मान्छे, आमाको धोतीको डसनामा हुर्केको मान्छे, ठुलाबडाहरुले ख्याउटे, पिलन्धारे, गोज्याङ्ग्रे, गुइठे, कोट्टो, बट्टो, च्वाँचे, सार्के, सिंगाने, नारे भन्दाभन्दै हुर्केको मान्छे । भैंसी आहाल बस्ने पोखरीमा पौडि खेलियो, कुलोको नहरको ढिकमा गु हगियो, गुच्चा र डण्डीवियो खेल्दा खेल्दै साधारण लेखपढ गरियो । चार कक्षामा पढदा ए, वि, सि, डि पढेर आठ कक्षामा ग्रामर पढेको मान्छे, पुरा अध्ययन गर्न सकिएन, विद्यार्थीकालमा चोरी चोरी पढेका केही किताब र पत्रपत्रिकाहरुको आज भएको स्मरणलाई पुनर्ताजकी गराउन पोलपोटको विषयमा केही शव्द लेख्न सान्दर्भिक ठान्दछु ।
कम्बोडियाः– पोलपोट ?
सन् १९२५ मा कम्बोडियाको एक गाउमा एक सम्पन्न किसान परिवारमा जन्मिएका पोलपोट खासमा सालोथ सोर नामका मान्छे हुन र फ्रान्समा उनले इन्जिनियरिङ पढेका थिए । फ्रान्समा पढ्दा पोलपोट कार्ल माक्र्स र स्टालिनबाट प्राभावित भएर आफ्नो देशमा कम्यूनिष्ट झण्डा फहराउने र समाजवादी क्रान्ति गर्ने विचार पलाएपछि देश फर्केका थिए । फ्रान्समा हुँदा पोलपोट कट्टर कम्यूनिष्ट भएर सन् १९५३ मा कम्बोडिया फर्केर वर्कर्स पार्टी अफ कम्बुचिया खोले र सोही पार्टिलाई खेमरुज भनियो । तल्कालिन समयमा कम्बोडियामा राजा सिंहानुकले शासन गरेका थिए । निकै निरङ्कुश शासककोरुपमा सिंहानुकलाई लिइन्थ्यो । सिंहानुकको शासन व्यवस्थामा कम्बोडियाका जनताले पाएको सास्तीको पर्दाफास गरेर आम नागरिकहरुलाई खेमरुजमा संगठित गर्दै सशस्त्र विद्रोहमा उतार्न सफल भए पोलपोट । त्यो समयमा भियतनामले अमेरिकी साम्राज्यवादका विरुद्धमा सशस्त्र संघर्ष चलाइरहेको थियो । भियतनाममा कम्युनिष्ट शासन थियो । सशस्त्र विद्रोहका बेला ज्यान बचाउनका लागि पोलपोट भियतनामको सिमानाको जंगलमा गए त्यतिखेर त्यो क्षेत्रमा अमेरीकाका विरुद्ध लड्नका लागि भियतनामी कम्युनिष्ट सेनाहरु तैनाथ थिए । भियतनामी सेनाहरुले पोलपोटको लडाकु दस्तालाई सैन्य तालिम दियो । तत्कालिन समयमा अमेरिकी भियतनामी युद्धमा भियतनामबाट भियतनामी सैनिकहरु कम्बोडिया भागेर आएपछि अमेरीकी सेनाले कम्बोडियाको भुभागमा एकलाख टनको हाराहारीमा बम बर्षा ग¥यो । उक्त बमबारीवाट १ लाख पचास हजार बढि कम्बोडियाली सर्वसाधारण नागरिकहरुको नरसंहार भयो । यो घटनाका कारण राष्ट्रिय निरङकुस सामन्तवाद र अमेरिकी साम्राज्यवादका विरुद्ध लड्नका लागि कम्बोडियाका लाखौं नागरिकहरु खेमरुज सेनामा भर्ति भए । पोलपोटको सेनाको संख्या वढिरहेको थियो, कम्बोडियामा गृहयुद्ध चर्किसकेको थियो । त्यसैबेला सन् १९७० मा नोल लोनले राजा सिंहानुकको शासन कु गरे ।
नोल लोनले शासन गर्न लागेपछि पोलपोटको झन भाग्य चम्कियो भन्ने छ । सत्ताच्यूत गरिएका राजा सिंहानुकले आफ्नो सत्ता फिर्ता पाउने लोभमा पोलपोटसंग संझौता गरे । आफ्ना सेनाहरुलाई पनि पोलपोटको सेनामा भर्ति गराए । पोलपोटको मद्धतले आफ्नो सत्ता फिर्ता गराउने अभिप्राय थियो राजासँग र आफ्ना सैनिकहरु पनि पोलपोटको सैनिकमा मिलाइदिएका थिए । यसपछि खेमरुज सेना यति शक्तिशाली भयो कि सन् १९७६ अप्रिल १७ मा खेमरुज सेनाले कम्बोडियाको सत्ता कब्जा ग¥यो । सत्ता कब्जा गरेपछि पोलपोट कम्बोडियाका शाषक बने । यो जितमा जनताले निकै खुसी मनाए, जनता निकै खुसी भए, पोलपोटको निकै स्वागत भयो । कम्बोडियाको समृद्धि, रुपान्तरण र स्वतन्त्रताको ठुलो अपेक्षा थियो । लगभग ५ वर्ष चलेको चर्को गृहयुद्धमा पाँच लाख वढि नागरिकको हत्या भएको थियो । भौतिक पुर्वाधार ध्वस्त भएर प्राय शुन्यमा झरेको थियो । यो विग्रेको हालतलाई खेमरुज सरकारले पुनःस्र्थापना, पुनःनिर्माण गरि समृद्धि तिर देश जानेछ भन्ने जनताको अपेक्षा थियो । खेमरुज सरकारको स्थापनापछि कम्बोडियाका बौद्धिकहरुले यो शासनलाई सूर्योदय भनेर पनि संज्ञा दिने गर्थे ।
योगेशका पोलपोट को हुन ? कि योगेशको डिस्नरीमा पोलपोट हराएकै हुन त ? वा रुकुमको राजनीतिप्रतिको दृष्टिकोणमा योगेशलाई फ्रस्टेशन भएको हो ? पोलपोटको शासन आफैले भोगेजस्तो, आफै कम्बोडियाका नेता भएजस्तो अभिव्यक्ति किन ? राजनैतिक पुर्वाग्रहवाट अलि माथि उठेर शान्ति, समृद्धि, शुसासन र भ्रष्टाचार नियन्त्रण संगै समृद्धीको लागि आउनुस हातेमालो गरौं हाम्रो साथ तपाईलाई, तपाईको साथ हामीलाई ।
आफ्नो शासन सुरु गरेपछि पोलपोटले पुरानो सत्तासंग सम्वन्धित र त्यो सत्ताको पक्षपोषण गर्नेहरुको सामुहिक कत्लेआम गरे । ठुला ठुला अफिसरहरु, सैनिकका कर्णेलहरुलाई हत्या गरे । राजा सिंहानुक ज्यान बचाउन भागेर विदेशतिर गए । पोलपोटको मुख्य उदेश्य भनेको वर्ग विहिन समाजको स्थापना गर्ने थियो । देशलाई निकै द्रुत गतिमा आर्थिक सम्मृद्धि र रुपान्तरण गर्नु थियो । अमेरिकी साम्राज्यवादसंग लड्ने र कम्युनिष्ट साम्राज्य स्थापना गर्नु थियो । उनले घोषणा गरेका थिए, अव कम्बोडियामा कुनै जाति, धर्म, धनी, गरिब केही पनि रहने छैन । सब किसान हुने छन् । यस क्रममा पोलपोटले पच्चिस हजार बढि बौद्ध भिक्षुहरुको नरसंहार गरे । धर्मप्रति पुरै प्रतिबन्ध लगाए । पोलपोटले पुराना सवै स्कुलहरु बन्द गरे, पुराना सवै अस्पतालहरु बन्द गरे । शिक्षक र डाक्टरहरु सवैलाई नरसंहार गरे बाँकी रहेकालाई कृषिमा लगाए । अल्पसंख्यक चाइनिज, मुसलमान, भियतनामीहरु समेतको हत्या गरे । अन्य विदेशी नागरिकहरु, विदेशी कपडा लगाउनेहरु, विदेशी भाषा बोल्न जान्नेहरु, चस्मा लगाउनेहरु सबैको सामुहिक नरसंहार गरे । कम्बोडियामा कुनै पनि विदेशी आयातको अनुमति थिएन । विदेशी जस्तो अनुहार देखियो भने पनि हत्या गर्ने आदेश थियो । पोलपोटले निकै कडा कानुन बनाए, कानुनहरु सबैमा मृत्युदण्डको सजाय व्यवस्था थियो । चामल चोरी गर्नेको पेट चिरेर चामल निकाल्ने कानुन बनाए, शहरको एक क्षेत्र पुरै खाली गरेर गल्ती गर्नेहरुलाई मृत्युदण्ड दिने ठाउँ बनाइयो । त्यो ठाउलाई अहिले पनि द किलिङ फिल्ड भनिन्छ । सहर खाली गरेर सवैलाई गाउँ पठाउने र खेतमा काममा लगाउने गरे । काम गर्न नसक्नेहरुलाई मृत्युदण्ड दिए । आमा बुवा सम्झने बालकहरुलाई पनि नरसंहार गरे । साहसिक बालकहरुलाई सैन्य तालिम दिएर सेनामा भर्ति गरे । जनतालाई १८ घण्टा काम गर्ने नीति बनाए, करोडौं रकमको खाद्यवस्तु विदेश निर्यात गर्न लागे । तर धेरै जनताले पेटभरी खान पाएनन् । सहरमा एउटा एस २१ जेलको स्थापना गरेर जेलमा राखेका कैदीहरुलाई अप्रेशनको लागि परिक्षण गर्ने गरिन्थ्यो । बाइस हजार कैदीहरुलाई बेहोस बनाउने इन्जेक्सन विना अप्रेशनको लागि परिक्षण गरेर मारियो । परिक्षण गर्ने कार्यमा १६ बर्ष मुनिका डक्टरहरु थिए । खेमरुज शासनपछि कम्बोडिया र भियतनाम विच सीमा विवाद भयो ।
पोलपोटको कार्यकालभरी कृषि उत्पादनमा निकै ठुलो फड्को मारेको कम्बोडियाले निकै ठूलो मात्रामा कृषि उपजको निर्यात गरेको र थुप्रै कृषि उद्योगहरुको स्थापना गरेको पनि देखिन्छ । तत्कालिन समयमा कम्बोडियामा आर्थिक बृद्धिदर बढेको, अमेरीकी नाकाबन्दीका बाबुजुद पनि कृषिमा आत्मनिर्भर हुँदै निर्यात समेत गरेको कारण पोलपोटका धेरै सकारात्मक कामहरु पनि देखिन्छन् ।
सीमा विवादका बेला पोलपोट सेनाले भियतनामको सीमा क्षेत्रमा गएर तीन हजार बढी भियतनामी निर्दोष सर्वसाधारणको कत्लेआम गरिदिए । त्यसको प्रतिकार स्वरुप भियतनामले भिषण युनिफाइड आक्रमण ग¥यो । भियतनामी सैनिकहरुले पनि पोलपोटका सेना र कम्बोडियावासीलाई मुला काटे झै गरि नरसंहार मच्चाए । त्यो आक्रमणपछि पोलपोट भागेर भुमिगत भए र कम्बोडियामा पोलपोटको शासन अन्त्य भयो । थाइल्याण्डको जंगलमा लगभग १८ वर्ष पोलपोट आफ्ना बफादार कार्यकर्ता सहित बसेका थिए र नयाँ सरकारसंग पनि सशस्त्र युद्ध गरिरहे । भुमिगत जीवनका बेला पोलपोट निकै रोगी भए यसै बेला उनका एक विश्वास पात्र सोन सेनलाई शंकाष्पद कार्य गरेको आरोपमा पोलपोटले हत्या गरीदिए । सोन सेनको परिवार र बंश समेतको हत्या गरियो । यो हत्यापछि उनका अर्का विश्वास पात्र जनरल ता मुक लाई पोलपोटको पागलपन प्रति शंका लाग्यो र आफु सुरक्षित हुनका लागि आफ्ना सेनाहरु पठाएर पोलपोटको गिरफ्तार गरे र नजरवन्दमा राखिदिए । नजरबन्दपछि पोलपोटलाई मानव नरसंहार तथा मानवअधिकार विरुद्धको मुद्धामा अन्तराष्ट्रिय अदालतमा सुम्पिने तयारी भइरहेको बेला १५ अप्रिल १९९८ मा ७२ वर्षको उमेरमा उनको शंकाष्पद मृत्यु भयो । आफ्नो लगभग ४ बर्षको शासनकालमा पोलपोटले पचहत्तर लाख जनसंख्या मध्ये तीस लाख जनसंख्याको कत्लेआम गरेको भन्ने आरोप छ । केही अन्तराष्ट्रिय इतिहासकारहरु पोलपोटलाई हिटलर र मुसोलिनी भन्दा क्रुर तानाशाह मान्दछन् । केही इतिहासकार र विश्लेषकहरु पोलपोटलाई एक क्रान्तिकारी, औधोगिक क्रान्तिका प्रीय नेता पनि मान्दछन् । सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थाले गरेको चरम, शोषण, उत्पीडन र त्यसकै कारणवाट कम्बोडियाको खस्केको आर्थिक अवस्था, सामन्ती राज्य व्यवस्थाका कारण विकास, समृद्धि र अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण कम्बोडियाली नागरिकहरुको खस्कदो जीवनशैलीलाई औधोगीक क्रान्ति मार्फत तुरुन्तै रुपान्तरण गर्ने पोलपोटको अभिष्ट थियो भन्ने बुझाई पनि छ । पोलपोटको कार्यकालभरी कृषि उत्पादनमा निकै ठुलो फड्को मारेको कम्बोडियाले निकै ठूलो मात्रामा कृषि उपजको निर्यात गरेको र थुप्रै कृषि उद्योगहरुको स्थापना गरेको पनि देखिन्छ । तत्कालिन समयमा कम्बोडियामा आर्थिक बृद्धिदर बढेको, अमेरीकी नाकाबन्दीका बाबुजुद पनि कृषिमा आत्मनिर्भर हुँदै निर्यात समेत गरेको कारण पोलपोटका धेरै सकारात्मक कामहरु पनि देखिन्छन् ।
मैले बुझेका पोलपोट यिनै हुन । भिजिट इयर १९९८ भर्खर सम्पन्न भएको थियो त्यतिखेर कुनै पत्रिकामा मैले पोलपोटको विषयमा यति नै पढेको थिए । तर आज आएर योगेशका पोलपोट को हुन ? कि योगेशको डिस्नरीमा पोलपोट हराएकै हुन त ? वा रुकुमको राजनीतिप्रतिको दृष्टिकोणमा योगेशलाई फ्रस्टेशन भएको हो ? पोलपोटको शासन आफैले भोगेजस्तो, आफै कम्बोडियाका नेता भएजस्तो अभिव्यक्ति किन ? राजनैतिक पुर्वाग्रहवाट अलि माथि उठेर शान्ति, समृद्धि, शुसासन र भ्रष्टाचार नियन्त्रण संगै समृद्धीको लागि आउनुस हातेमालो गरौं हाम्रो साथ तपाईलाई, तपाईको साथ हामीलाई ।