रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ५ लहरेसिमलका वीरबहादुर खत्रीको परिवारलाई नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल रुकुम पश्चिमले राहात उपलब्ध गराएको छ । खत्रीको घरमा भाद्र १७ गतेको हावा हुरी सहितको अबिरल बर्षाले क्षेति पुर्याएको थियो । पीडित खत्रीको परिवारलाई आज उहाँकै घरमा पुगेर युवा संघले नगद ११ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
स्थानीय एमाले समर्थक पदमबहादुर ओलीको हातबाट उक्त रकम खत्रीको परिवारलाई हस्तान्तरण गरिएको युवा संघले जनाएको छ । उक्त कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय सदस्य डिल्लीराज शर्मा, युवा संघ नेपाल रुकुम (पश्चिम)का अध्यक्ष नबराज मल्ल लगायतको उपस्थिति रहेको थियो ।
घर मर्मतमा सहयोग पुगोस भनेर आर्थिक सहयोग गरिएको युवा संघका जिल्ला अध्यक्ष मल्लले बताउनुभयो । विपत्मा सानो सहयोगले पनि ठूलो राहात पुग्ने भएकोले सहयोग गरिएको उहाँले बताउनुभयो । साथै विपत्तिको सामना सबै मिलेर गर्नुपर्ने र यसमा युवासंघ प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । राहात संकलन अभियानको नेतृत्व यवासंघका कर्णाली प्रदेश अध्यक्ष जीवन शाहीले गर्नुभएको थियो ।