रूकुम पश्चिममा पनि २१ औं आत्महत्या राेकथाम दिवस मनाएकाे छ । दिवसकाे अबसरमा आज बिहान मुसिकाेट र सानीभेरीमा प्रभातफेरी निकालिएकाे थियाे । त्यस्तै आत्महत्या राेकथामका विषयमा अन्तरक्रिया समेत भएकाे थियाे । कार्यक्रममा बाेल्नेहरूले आत्महत्या राेकथामका लागि सबैकाे हातेमालाे आवश्यक रहेकाेमा जाेड दिएका थिए । समाजलाई कसरी हुन्छ आशावादी बनाउने तर्फ ध्यान जान जरूरी रहेकामा सहभागीहरूकाे जाेड थियाे । धेरैजसाे आत्महत्या डिप्रेशनका कारण हुनेभएकाेले यसतर्फ ध्यान जान आवश्यक रहेकाे तर्फ पनि सहभागिहरूले सचेत बनाएका थिए ।
विभिन्न निकायसंगकाे सहकार्यमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले प्रभातफेरी र अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरेका हुन् । यसमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सी.एम.सि) नेपाल, महिला पुनर्स्थापना केन्द्र (ओरेक), टि.पि.ओ नेपाल र सि.बि.एम नेपालले सहकार्य गरेका थिए । आत्महत्या राेकथाम सम्बन्धिका नारा लेखिएका प्ले कार्ड सहित प्रभातफेरी निकालिएकाे सी.एम.सि नेपालका डिलबहादुर शाहीले बताउनुभयाे । त्यस्तै आत्महत्या राेकथामका लागि के गर्ने, आत्महत्याका कारण, यसले समाज तथा परिवारमा पारेकाे असर लगायतका विषयमा अन्तरक्रिया भएकाे उहाँकाे भनाई छ ।
मुसिकाेटकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, विभिन्न सराेकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी, सुरक्षाकर्मी लगायतकाे सहभागिता रहेकाे थियाे भने सानीभेरीकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष विर्खबहादुर बिष्ट लगायतकाे सहभागिता रहेकाे बताइएकाे छ ।