Kakhara सबैको खबर सम्पूर्ण खबर
अमेरिकाबाट गोर्ख कुसारीद्धारा बुढुमष्ट मन्दिरलाई सहयोग 

पछिल्ला वर्षहरुमा अमेरिका जानेहरुको लहर छ । रुकुम पश्चिमबाट हजारौंको संख्यामा अमेरिका पुगेका छन् । लाखौं रुपैयाँ खर्च गरेर अमेरिका जानेहरुको लर्को नै छ । सामान्य परिवार देखि राम्रो परिवारका सदस्य पनि अमेरिका पुगेका छन् भने कति जाने क्रममा छन् । अमेरिका पुगेकाहरुले आफ्नो घर खर्च र परिवारलाई मात्र हेर्ने गरेका छनन् । जिल्लामा समाज सेवाको काम पनि गरिहेका छन् ।

मठमन्दिर निर्माण देखि गरिब तथा अति अशक्तलाई सहयोगका साथै खेलकुद क्षेत्रमा पनि सहयोग गरिरहेका छन् । अमेरिका पुगेकाहरुले जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ५ को काँडास्थित बुढुमष्ट क्षेत्र विकास कोषलाई सहयोग गरेका छन् । बाँफिकोट गाउँपालिका वडा नम्बर ६ का गोर्ख कुसारीले नगद १ लाख एक हजार १ सय ५६ रुपैयाँ सहयोग गर्नु भएको छ । कुसारी लामो समय देखि अमेरिकामा हुनुहुन्छ । 

उक्त पैसाले मन्दिरमा दैनिक रुपमा पुजाआजा तथा ध्यानमा रहने पुजारी, ब्राहमण, पण्डित र मन्दिर संचालक समितिका साथै मन्दिरका स्वयंसेवकका लागि आवश्यक पर्ने एक सय जोडा न्यानो ट्रयाकसुट खरिद गरिएको छ । मन्दिरमा मेला लागेको समयमा मन्दिरको प्रसाद स्वरुप अतिथिहरुलाई पनि ट्रयाकसुट वितरण गरिने बुढुमष्ट क्षेत्र विकास कोषका अध्यक्ष ध्रुवराज केसीले जानकारी दिनुभयो । 

375445176_1283304415633809_185508344951539663_n1694413783.jpg
वितरणका लागि खरिद गरिएका कपडा ।

कुसारीले अघिल्लो वर्ष पनि मन्दिरलाई १ लाख एक हजार १ सय ५३ रुपैयाँ सहयोग गर्नु भएको थियो । उक्त पैसा अहिले मन्दिरको कोषमा जम्मा गरिएको छ । सोही पैसाले मन्दिरलाई आवश्यक पर्ने जग्गा खरिद गर्ने तयारी रहेको मन्दिरले समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update