Kakhara सबैको खबर सम्पूर्ण खबर
आत्महत्या दुरुत्साहनमा भ्याली पब्लिक स्कुल चौरजहारीकी प्रिसिपल र संचालक प्रकाउ
भ्याली पब्लिक स्कुल ।

आत्महत्या दुरुत्साहन आरोपमा रुकुम पश्चिमको चौजहारी नगरपालिका १ मा संचालित भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र संचालकलाई प्रहरीले पक्राउ गरेको छ । सोही स्कुलमा अध्ययनरत एक बालिकाले भदाै २२ गते दिउँसाे साढे ३ बजे आत्महत्या गरेपछि आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले प्रिन्सिपल पुष्पा भाट र संचालक युडेन भाेटिया भण्डारीलाई आइतबार प्रकाउ गरेको हो । कक्षा ८ मा अध्यनरत १३ वर्षिया एक बालिकाको आत्महत्या दुरुत्साहन मुद्धामा उनीहरुलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । 

शक्रबार १३ वर्षिया छात्रामाथि स्कुलमै प्रिन्सिपल भाट र संचालक भण्डारीको संलग्नतामा निर्घाट कुटपिट भएको र सोही दिन छात्राले स्कुल पोसाकमै झुन्डिएर अत्महत्या गरेको घरपरिवारको भनाई छ । पढाइलेखाई भन्दा पनि घरायसी साथ संगतको कारण छात्रामाथि प्रिन्सिपलले निरन्तर यातना र तनाव दिएपछि छोरीले आत्महत्या गरेको उनको परिवारको आरोप छ । यस विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update