Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्नेमा माओवादीको भेटघाट जारी 

रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर १ को टाँकिधारा र दमार  टोलमा नेकपा माओवादी केन्द्रको ३ महिने अभियान अन्तर्गत आज पनि जनभेटघाट जारी रहेको छ । आइतवार पाखापानीबाट कार्यक्रम गरेर दमारतिर गएकाे माओवादी सिस्नेमा जनभेटघाटमै व्यस्त छ । 

घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने मुल नाराका साथ जनतासंग माओवादीः विशेष रुपान्तरण अभियान अन्तर्गत देशभर जस्तै रुकुम पूर्वमा पनि बिभिन्न नेता कार्यकर्ताको सक्रियतामा भेटघाट कार्यक्रम जारी छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसीयल नेपालका अध्यक्ष सुवोधराज शिर्पाली नेतृत्वको टोली सिस्नेमा खटिएको छ । 

आज टाँकिधारा र दमार टोलमा किसान, महिला, वाइसीयल नेपाल र पार्टी कमिटी गठन गरिएको माओवादी केन्द्र सिस्ने गाउँ कमिटीका अध्यक्ष मन्सराम खड्का (भिक्टर) ले बताउनुभयो । संगीता बुढाको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी सिस्ने १ को टाँकिधारा टोल कमिटी गठन गरिएको छ ।

जसको उपाध्यक्षमा भावना बुढा, सचिवमा दिलमाया पुन बुढा र कोषाध्यक्षमा बिमला बुढा रहनुभएको छ । त्यस्तै टाँकिधारा टोलमै अखिल नेपाल किसान महासंघको टोल कमिटी पनि गठन गरिएको छ । ९ सदस्यीय कमिटीको अध्यक्षमा पुर्णबहादुर बुढा, उपाध्यक्षमा रणबहादुर बुढा, सचिवमा हरेन्द्र बुढा र कोषाध्यक्षमा दलजित बुढा रहनुभएको छ । 

अभियान टोलीले सिस्ने १ को प्रवेशद्वार देखि नै जनताहरुलाई भेटघाट गर्दै गएको हो । अभियानका लागि टोल टोलमा जाने र सर्कुलर अनुसारका कामकाजहरु गर्नेका लागि कार्यविभाजन समेत गरिएको छ । जसअन्तर्गत रजबहादुर बुढा, निमबहादुर बुढा, डब्वल बुढा, नरबहादुर बुढा, मानबहादुर बुढा, महेन्द्र बुढा, विनोद बुढा, सपुरि बुढा, तुलसा बुढा, किशोर बुढा र हस्तबहादुर बुढाको नेतृत्वमा कार्यबिभाजन गरिएको छ । 

सिस्ने खटिएको टोलीले जनभेटघाट गर्दै जनताका गुनासो, सल्लाह सुझाव लिनुका साथै पार्टी नेतृत्वको वर्तमान सरकारले गरेका गतिविधिहरुको बारेमा जानकारी गराइरहेको छ

अभियान टिममा केन्द्रीय सदस्य शिर्पाली सहित पार्टीका जिल्ला सदस्य जीवन केसी, वाइसीयल नेपालका जिल्ला इन्चार्ज मनबहादुर बुढाथोकी (बिद्रोही), जिल्ला संयोजक नामेन्द्र सुनार, अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष लक्ष्मण घर्ती (जानी), लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update